समाज

चिनियाँ नागरिक भेटिए मृत l
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनी असार १० गते देखि क्यान्सरको उपचार गराइरहेका थिए। आइतबार बिहान ९ बजेतिर उनी कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएको रिजालले बताए। ‘विदेशी नागरिक भएकाले अहिले हामीले सम्बन्धित दूतावाससँग समन्वय..

एसइई फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या l
एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसइई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् । उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले..

एसईईको मौका परिक्षा साउन १८ र १९ गते हुने
१३ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक..

माङसेबुङ गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गरिने
१३ असार, इलाम । माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१।८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ । गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व. २०८१।८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ–‘सबैलाई सुलभ स्वास्थ्य सेवा’ भन्ने मूल लक्ष्यका..

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण (रिजल्ट हेर्ने तरीका सहित)
१३ असार, काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको बताए । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख..

पर्यटन प्रवद्र्धनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी
१२ असार, इलाम । इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी गरिएको छ । खानाका माध्यमबाट इलाममा पर्यटक आकर्षित गर्न इलाम बजारको होटल रेडरोजमा सम्पन्न प्रर्दशनीमा विभिन्न जातजातिका मौलिक र रैथाने खानाका १४ स्टल रहको मेची पहाडी पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए । होटल एसोसिएन इलाम र नगर पर्यटन विकास समितिको आयोजना तथा उद्योग वाणिज्य संघ, महिला उद्यमी लगायत संघसंस्थाको सहआयोजना रहेको कार्यक्रमलाई पर्यटन कार्यालय झापा , इलाम..

गोर्खा मिडियाका नाममा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने छानबिन समितीको निर्णय
१२ असार, काठमाण्डौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो । समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ मा रहेका आइडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि., सहारा बचत तथा..

जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ जना बिरामी
१२ असार, मकवानपुर । जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले..

एसईईको नतिजा भेली बिहान ९ बजे सार्वजनिक गरिने
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

विपद् न्यूनीकरण प्राधिकरण भन्छः ताप्लेजुङका २५ घर उच्च जोखिममा, २५ पूर्ण क्षति
१२ असार, ताप्लेजुङ । मनसुनको सुरुआतमै आएको बाढीपहिरोमा परी ठूलो क्षति व्यहोरेको ताप्लेजुङको विपद् असरबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रिपोर्ट सार्वजनिक गरेको छ । प्राधिकरणले असार १० गते तयार पारेको उक्त रिपोर्ट अनुसार ताप्लेजुङमा अझै पनि २५ घर उच्च जोखिममा र ७१ घर जोखिममा छन् । रिपोर्टका अनुसार ताप्लेजुङले जेठ २२ गतेबाटै विभिन्न वर्षाजन्य विपद् व्यहोर्न सुरु गरेको थियो । मनसुनको सुरुआतमै ताप्लेजुङमा बाढीपहिरोबाट ५ जनाले ज्यान..