अविरल वर्षाका कारण सुनसरी र मोरङका सडकमै खोला बग्न थाले

२५ असार, सुनसरी । सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण सुनसरी र मोरङका धेरैजसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा, धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा लगातार भारी वर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती, सर्दु, टेङ्ग्रा र बुढी खोलामा ठूलो बाढी आएको छ । यस्तै मोरङको चिसाङ, लोहान्द्रा केसलीयामा पनि बाढी..

विराटनगरमा ग्याङ फाइटः एकको मृत्यु, दुई गम्भीर घाइते

२५ असार, विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते..

मनसुन सुरु भएयता ७४ जनाको मृत्यु, ८८ जना घाइते

२४ असार, काठमाण्डौँ । नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक..

किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम

२४ असार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख..

असारको तस्रो हप्तासम्म ३९ प्रतिशत मात्र धान रोपाइँ

२४ असार, झापा । असारको तस्रो हप्ता वित्दै गर्दा देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो । यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६..

झापाको बुद्धशान्तिमा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास

२४ असार, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको सोमबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले शिलान्यास गर्नुभएको हो । बुद्धशान्ति–७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाईको झोलुङ्गे पुलको धार्मिक विधि अनुसार पुजा गरेर महामन्त्री शर्माले शिलान्यास गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यो पुल..

महाकाली नदीले खतराको तह पार गर्यो, शारदा ब्यारेजमा सवारी आवागमनमा रोक

२४ असार, काठमाण्डौँ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ । नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे..

आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने

२४ असार, काठमाण्डौँ । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए । “आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता..

असार २८ गतेसम्म मन्त्रालयको भागबण्डा टुङ्गो लाग्छः एमाले

२४ असार, काठमाण्डौँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) बीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमति पश्चात सरकारमा सहभागी रहेको एमालेले विश्वासको मत फिर्ता लिएको छ । एमालेले विश्वासको मत फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत नपाएमा कांग्रेस–एमाले मिलेर सरकार गठन गर्ने बाटो..

रोङ गाउँपालिकामा ‘रोङ प्रतिभाको खोजी’ फाइनल अडिसन सम्पन्न

२३ असार, इलाम । इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कबिता बिधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोश्रो र आरध्या अर्याल तेश्रो भएका छन् । त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भूजेल पाचौ भएका छन् । त्यसैगरी गायनमा अर्जुन खड्का प्रथम, शौगात शुब्बा दोश्रो र एलिना राई तेश्रो घोषित भएका छन् । गायनमा देबधन..