झापाको बुद्धशान्तिमा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास

झापाको बुद्धशान्तिमा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास


२४ असार, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको सोमबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले शिलान्यास गर्नुभएको हो ।

बुद्धशान्ति–७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाईको झोलुङ्गे पुलको धार्मिक विधि अनुसार पुजा गरेर महामन्त्री शर्माले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यो पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुईवटा वडाहरुलाई मात्रै जोड्ने नभई यसले इलाम र झापाका गाउँहरुलाई पनि जोड्ने बताउनुभयो । यो पुल सञ्चालन भए पश्चात बुद्धशान्ति ६ सहित इलामको रोङ गाउँपालिको वडा नं. ५ र ६ का स्थानीयहरुले उत्पादन गरेको कृषि उपजलाई बजारी गर्न सहयोग पुग्ने शर्माले बताउनुभयो ।

थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । निर्माणको कामलाई तिब्रता दिएर २०८३ वैशाख मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर