समाज

आदिवासी राजवंशी, गनगाई, ताजपुरिया समुदायले मनाए दधिकाद पर्व
१२ भदौ, झापा । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गनगाई, ताजपुरिया जातिले दधिकाद पर्व मनाएका छन् । धार्मिक एवम सांस्कृतिक रुपमा महत्त्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलि या पर्सीपल्ट दधिकाद पर्व मनाउँछन् । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान श्रीकृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै..

डेंगुको संक्रमणबाट इलामका एकको मृत्यु
१२ भदौ, इलाम । डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए। ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्यायाइएको थियो। प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन..

एन्फा महासचिवको तलब २ लाख ७० हजार पुर्याइयो, राष्ट्रिय खेलाडीको ३० हजार
काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले १ लाख..

समाजवादीको पदाधिकारीमा ७ जना महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् । मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो । भुसाल पक्षबाट उपाध्यक्ष..

सवैको आस्था हिन्दु धर्म बनाउनु पर्छ : सभामुख विष्ट
दमक,११ भदौ । कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले श्रीकृष्ण रथ यात्रा लगायतका मौलिक संस्कृतिले समाजमा सद्भाव कायम गर्न मद्धत पुग्ने बताएका छन् । श्रीकृष्ण रथयात्रा ब्यवस्थापन समिति दमकले मंगलवार यहाँ आयोजना गरेको श्रीकृष्ण रथयात्राको शुभारम्भ गर्देै सभामुख विष्टले हिन्दु धर्मले भेदभाव गर्ने भन्दा पनि सवैको आस्थाको केन्द्र हिन्दु धर्म बनाउनु पर्ने जोड दिए । उनले हामी कला,संस्कृतिका धनी भएपनि त्यसको समुचित विकास तथा संरक्षण ,सम्बद्र्धन हुन नसक्दा कतिपय मौलिक संस्कतिहरु हराउदै..

झापाका ६ पालिकामा आज श्रीकृष्ण रथयात्रा निकालिदैँ, सुरक्षा व्यवस्था कडा
११ भदौ, झापा । आज मंगलबार झापाका ६ पालिकामा श्रीकृष्ण रथयात्रा हर्साेउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो । जिल्लाको सदरमुकाम भद्रपुरमा २२औं पटक निकालिने श्रीकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी..

सिँचाइपोखरीमा डुबेर दुई बालकको मृत्यु
११ भदौ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो । दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका..

रैथाने खाजा रु ५० मा
११ भदौ, झापा । आम उपभोक्तालाई स्वस्थकर खाना ‘सर्भ’ गरेर नाफा होइन, सेवा गरिरहेका छन– झापा गाउँपालिका–७ का काजी राउत । दमक–६ बेलडाँगी रोडमा रहेको डेरानजिकै उनको ‘काजी खाजा पसल’ छ । चिटिक्कको यही पसलबाट उनी ग्राहकलाई नियमित स्वस्थकर खाजा खुवाइरहेका छन । हुन त विगतमा उनको पसलमा पनि आम खाजा पसल या होटलमा झैं मेनुमा मःम, चाउमिन, थुक्पा, चाउचाउ तथा कोक, फेन्टा, स्प्राइटहरू नै हुन्थ्यो । अहिले भने उनको पसलमा जंक फुड पूर्ण..

सवारी कर्जाको व्याजदर सस्तियो
११ भदौ, काठमाण्डौँ । ब्याज महँगो भएकै कारण बैंकबाट ऋण लिएर गाडी (अटो) किन्न सकिनँ भनेर चिन्तामा बस्नुपर्ने अवस्था अब रहेन । बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सवारी कर्जाको ब्याजदर धेरै घटाएका छन् । ब्याजदर घटेसँगै समग्र सवारी कर्जा सस्तिएको छ भने ग्राहकको आकर्षण बढेको छ । कम ब्याजमा ऋण पाइने भएपछि सवारी कर्जाबारे बुझ्नकै लागि बैंकमा आउने ग्राहक बढेको र यसले चहलपहल बढाएको बैंकरहरू बताउँछन् । इच्छा हुँदाहुँदै पनि महँगो ब्याजदरकै..

फोनिज झापाले मनायो २५ औं स्थापना दिवस
१० भदौ, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले २५ औं स्थापना दिवस अर्थात रजत बर्ष मनाएको छ । फोनिज झापाले बिर्तामोडमा आईतबार ‘झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच’ बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार जन्य संघसंगठनका अगुवाहरुले ब्यवहारिक समावेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भुमिका फियाक लिम्बूको अध्यक्षतामा भएको..