कोशी प्रदेशभरिमा संस्थागत क्षमता स्वमूल्याकंनमा इलाम नगरपालिका पहिलो

८ भदौ, इलाम । संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याकंनमा कोशी प्रदेशभरिमा इलाम नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष ०७९।०८० मा गरेको मूल्याकंनमा कोशी प्रदेशभरमा सूर्याेदय नगरपालिका दोस्रो भएको छ । देशभरमा भने इलाम नगरपालिका पाँचौं र देशभरमा सूर्याेदय छैटौं भएको छ । इलाम नगरपालिकाले ८९ दशमलव ५० अंक प्राप्त गरेको छ भने सूर्याेदय नगरपालिकाले ८८ दशमलव २५ पाएको छ । शासकीय प्रबन्धमा इलामले ८..

रविको ९ घण्टा लामो बयानः ‘मलाई थाहा छैन’

८ भदौ, काठमाण्डौँ । पूर्व गृहमन्त्री रवि लामिछानेले जिबी राई र उनको समूहले गरेको सहकारीको बचत रकम अपचलन तथा गोरखा मिडियामा आएको रकमबारे आफूलाई केही जानकारी नभएको बयान दिएका छन् । सहकारी बचत रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष सुनुवाई समितिसमक्ष शुक्रवार मध्यरातसम्म ९ घण्टाभन्दा बढी भएको सोधपुछमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालकमध्येका एक लामिछानेले इन्कारी बयान दिएको समितिका सदस्य लेखनाथ दाहालले बताए । दाहालले भने– ‘९ घण्टाभन्दा बढी..

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै

६ भदौँ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज सांसदले उठाएको प्रश्नहरूको जवाफ दिँदैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै आजकै बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम..

आजदेखि ‘गाईजात्रा’ आरम्भ

४ भदौ, काठमाण्डौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास..

अखिल क्रान्तिकारी इलामको अध्यक्षमा राई निर्वाचित

४ भदौ, इलाम । इलामस्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को १४औं जिल्ला सम्मेलनबाट रोशन राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ । निर्वाचित कमिटीको उपाध्यक्षमा समीर राई, राजेन्द्र लोहार र रेविका राई छन् । सचिवमा शिखर पौडेल, सहसचिवमा शम्भु राई, पुष्कर बोहोरा, निसान देवान र सुशील साउदेन निर्वाचित भए । कोषाध्यक्षमा रेविका तोलाङ्गी चयन भएकी छिन् । सदस्यहरूमा सुदीप श्रेष्ठ, रोशन लिम्बू, निशा पौडेल, अनुज भट्टराई,..

टिस्युकल्चर प्रविधिबाट अलैँचीको बिरुवा उत्पादन सुरु

४ भदौ, इलाम । खोल्साको सुनको उपमा पाएको अलैँचीको नेपालमा टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरि बिक्रि शुरु भएको छ । अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोरेर र बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरि बिक्रि थालेको हो । नेपालमा टिस्युकल्चर प्रविधिबाट अलैँचीको बिरुवा उत्पादन गरि व्यवसायीक बिक्रि शुरु भएको छ । बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट  अलैचीका बिरुवा उत्पादन..

टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

४ भदौ, काठमाण्डौँ । लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारले तयारी गरेको छ । टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेको हो । चार दिनअगाडि मात्रै इमेलमार्फत टिकटकको प्रतिवद्धता पत्र प्राप्त भएको मन्त्रालय स्रोतले नेपाल प्रेसलाई जानकारी दियो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पत्रमा हस्ताक्षर गरेका छन् । ‘नेपाल सरकारको सबै ऐनकानून पालना गर्न हामी कमिटेड छौं..

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

३ भदौ, काठमाण्डौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् । उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको कान्तिपुरलाई जानकारी दिए । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो । उक्त शिष्टाचार भेटमा..

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

३ भदौ, काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको बताइएको छ । मोदीसँगको भेटवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले भनेकी छिन्-“भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्ध र यसको बहुआयामिक..

अस्ट्रेलियाका लागि राजदूत सिफारिस रिजालको नियुक्ति प्रक्रिया रद्द

३ भदौ, काठमाण्डौँ । सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको राजदूत नियुक्ति प्रक्रिया रद्द गरेको छ । इजरायलका लागि पूर्वराजदूत रिजाललाई अस्ट्रेलियाका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो । तर उनले इजरायलमा राजदूत हुँदा लगेका दुई सहयोगीहरु भागेर त्यही बसेको विषयमा इजरायल सरकारले नेपाल सरकारसँग आपत्ति जनाएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले राजदूत सिफारिस भइसकेकी रिजालको नियुक्ति प्रक्रिया रद्द गरेको हो । ‘परराष्ट्र मन्त्रालयबाट राजदूत सिफारिसको सूचीमा पठाउँदा रिजालको नाम थियो ।..