समाज

प्रधानन्यायाधीशको प्रश्नः बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ?
७ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ?’ भन्दै अभिवक्ताहरुलाई प्रश्न गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ७६ को व्याख्या त्यसरी गर्न किन मिल्दैन भनेर बहसकर्तालाई प्रश्न गर्नुभएको स्रोतले जनाएको छ । आज वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग पनि यही विषयमा प्रधानन्यायाधीश राणाको सवालजवाफ भयो । प्रधानन्यायाधीशले लगातार उठाएको प्रश्न भन्दै ज्ञवालीले बहुमतको प्रधानमन्त्रीले संसद विघटन..

क्याम्पस बन्द रहेको समयको मासिक शुल्कमा छुट माग्दै अनेरास्ववियूद्धारा दमक क्याम्पसमा प्रर्दशन
६ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिम पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु सुरु गरेको हो । अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति बुझाएको थियो । विज्ञप्तिमा क्याम्पस..

दमकमा सुत्केरी बोकेको एम्बुलेन्स र अटो रिक्सा ठोक्किदा दुई जनाको मृत्यु
५ माघ, झापा । झापाको दमकमा आज एम्बुलेन्स र अटो रिक्सा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका कार्यलय दमकका अनुसार दमकको ताराबारी एरियामा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । बिहान करिब पौने १० बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक उर्लाबारी ४ का ५०..

पूर्व–पश्चिम रेलमार्गको प्रभावितलाई क्षतिपूर्ति दिन सरोकारवालाद्धारा चासो
५ माघ, झापा । संघीय सरकारको योजना अनुरुप निर्माण हुने पूर्व–पश्चिम रेलमार्ग अन्तगर्त काँकरभिट्टा–इनरुवा १०६ किलोमिटर क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्ति लगायतका समस्या तत्काल समाधान गर्न सरोकारवालाले चासो देखाएका छन् । सरोकारवालाबीचको समन्वयको अभावमा उक्त समस्या बढ्दै गइरहेका बेला आज झापाको बिर्तामोडमा भएको छलफलमा सहभागी सरोकारवालाले उक्त समस्या समाधानका लागि चासो र चिन्तासँगै प्रतिबद्धता जनाएका छन् । प्रदेश सभाका सदस्यहरु, मुआब्जा निर्धारण उपसमिति तथा प्रभावितहरु बीच भएको छलफलबाट वैज्ञानिक र पारदर्शी..

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु
५ माघ, झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी आउदो वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो । समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक..

न्यायाधीश सपना प्रधान मल्ल संसारकै भाग्यमानी
४ माघ, काठमाण्डौँ । संसद विघटनको रिट सुनुवाइ गर्ने संवैधानिक इजलासमा भर्खेरै सहभागी बन्नुभएकी न्यायाधीश सपना प्रधान मल्ललाई कानुन व्यवसायीले संसारकै भाग्यमानी व्यक्तिको संज्ञा दिएका छन् । आज उक्त रिटमाथि निवेदकका पक्षबाट बहस गर्ने अधिवक्ता सुनील पोखरेलले संविधान निर्माण प्रक्रिया र व्याख्यामा सहभागी हुने मौका पाएको भन्दै न्यायाधीश प्रधानलाई संसारकै भाग्यमानी व्यक्तिमा पर्ने टिप्पणी गर्नुभएको हो । संविधानको मेकिङ (निर्माण) र बुल्डिङ (ब्याख्याद्वारा समृद्ध पार्ने) दुई चरण हुन्छ । संसारमा..

वार्ताको माध्यमबाट दुई देशबीचको सीमा समस्या समाधान गर्न भारत सकारात्मक छः परराष्ट्रमन्त्री ज्ञवाली
३ माघ, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ता र छलफलको माध्यमबाट नेपाल र भारत बीचको सीमा समस्या समाधान गर्न भारत सकारात्मक रहेको बताउनुभएको छ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा सहभागी भई स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्री ज्ञवालीले भ्रमणका क्रममा भएका विभिन्न छलफलमा सीमा समस्यालाई छिटो समाधान गर्न दुवै पक्षले प्रतिबद्धता जनाएको बताउनुभयो । मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा र सुरक्षाका साथसाथै..

को हुन् त मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा ?
३ माघ, काठमाडौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लाग्नुभएको खबरले सामाजिक संञ्जाल तातेको छ । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लाग्नुभएको हो । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो । को हुन् त मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा ? मुख्यमन्त्री राई..

मुख्यमन्त्री शेरधन राईले ‘मिस मंगोल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैं
३ माघ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा विवाह गर्न लागेका छन् । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गरेको छ । तर, उहाँ को सँग विवाह बन्धनमा बाधिदैँछन् भन्ने खुलाइएको छैन । मुख्यमन्त्री राईको हुनेवाली को हुन् ? विवाहको प्रशंग आएपछि धेरैलाई कौतुहलता लागेको छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ । उच्च स्रोतका अनुसार मुख्यमन्त्री राई..

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल फर्कदैंः सीमा विवादबारे छलफल भएन
३ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किनुहुदैछ । उहाँको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन नसकेको स्रोतले जनाएको छ । बरु कामचलाउ हैसियतमा रहेको वर्तमान सरकारले सीमा विवादको तिक्ततालाई थाँती राखेर भारतबाट थप विश्वास आर्जन गर्नका लागि भ्रमण केन्द्रित गरेको विश्लेषकहरुको भनाइ छ । दुबै पक्षले कनेक्टिभिटी, अर्थव्यवस्था र व्यापार, विद्युत, तेल..