शिक्षामन्त्री श्रेष्ठ भन्छिन्- ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरे

४ असार, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले  ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरेकी छिन् । मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् । यस्तै उनले आफ्नो सय दिनको उपलब्धीमा उजुरीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।

लोक सेवालाई समयसापेक्ष बनाउन उपराष्ट्रपतिको सुझाव

१ असार । कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् । शनिबार लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैँ आफ्नो कर्तव्य, दायित्व..

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमना श्रेष्ठको आपत्ति

३१ जेठ । शिक्षामन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाएका थिए । ‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’..

विद्यार्थी पलायन रोक्न कांग्रेस सांसद तेजुलाल चौधरीको माग

२९ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए। उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन । ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ ।’..

चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको पुन:नामकरण गर्दै

२८ जेठ । इलामको चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको नाम नेपाली भाषा (देवनागरी) मा पुनःनामकरण गर्ने भएको छ । यसअघि अङ्ग्रेजी तथा विदेशी भाषामा नामकरण भई सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयले अनिवार्य नेपाली भाषा (देवनागरी) मा नामकरण गर्नुपर्ने निर्णय भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनका अनुसार अङ्ग्रेजी तथा विदेशी नाम राखेका संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी पुनःनामकरण गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिका भित्रका सबै संस्थागत विद्यालयले..

किताबी ज्ञानले मात्रै पुग्दैन भन्दै कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

२८ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ–९ स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो। ‘विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक..

बाह्रदशी जेसीजद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण

२६ जेठ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो । योसँगै विद्यार्थीलाई विद्यालय पोशाकसहित आवश्यक पर्ने स्टेसनरी सामग्री, जुत्तामोजा समेत प्रदान गरेको छ । विद्यार्थीलाई वर्षभरि पुग्ने कपी, पेन्सिल,डटपेन सहितका शैक्षिक सामग्रीसँगै स्कूल ब्याग समेत प्रदान गरिएको छ । बाह्रदशी..

काठमाडौँ महानगरका निजी विद्यालयमा डेढ लाख विद्यार्थी भर्ना

२४ जेठ । यस शैक्षिक सत्रमा काठमाडौँ महानगरका निजी विद्यालयमा करिब डेढ लाख विद्यार्थी भर्ना भएका छन् । काठमाडौँ महानगरले दिएको जानकारी अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनको पालना मात्र  गराउँदा करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्– 'हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै..

तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न शिक्षा मन्त्रालय सहमति

२१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय..

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

१९ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । उनले भने ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ..