शिक्षा

एसइई फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या l
एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसइई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् । उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले..

एसइईमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पूरक परीक्षा दिन पाउने l
एसइईको नतिजामा दुईभन्दा बढी विषयमा नन् ग्रेडु ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन्। शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो।मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७।८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा..

एसईईको मौका परिक्षा साउन १८ र १९ गते हुने
१३ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक..

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण (रिजल्ट हेर्ने तरीका सहित)
१३ असार, काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको बताए । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख..

एसईईको नतिजा भेली बिहान ९ बजे सार्वजनिक गरिने
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात..

एमाले जम्बो टोली चीन जादैँ
११ असार, काठमाण्डौँ । एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको जम्बो टोली चीन जान लागेको छ । ३० सदस्यीय टोली मध्यरात काठमाडौंबाट चाइना साउदर्नको उडानमा ग्वाङ्चौ प्रस्थान गर्ने तयारी छ । टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्यहरु विनोद श्रेष्ठ,सुजिता शाक्य, धेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल छन् । त्यसैगरी केन्द्रीय सदस्यबाट इन्दिरादेवी गौतम, जीवन गौतम, लालबहादुर घाप्र, प्रेमप्रसाद दंगाल, नागेन्द्र शाही,पेम्बा लामा, बदमी कवारी, प्रेमबहादुर तामाङ्ग, भिष्मनाथ अधिकारी पनि टोलीमा..

एसईईको नतिजा एक हप्ताभित्रमा प्रकाशन गर्ने तयारी
९ असार, काठमाण्डौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको जनाएको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको उनले बताए । यस..

विद्यावारिधी गर्ने दुई विद्यार्थीलाई माङ्सेबुङ गाउँपालिकाले दियो ५ लाख छात्रवृत्ती
८ असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । विद्यावारिधी (पिएचडी) गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई जनालाई पाँच लाख रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएको छ । माङसेबुङ गाउँपालिकाले वडा नं. २ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही दुई लाख ५० हजारका दरले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।..

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने
६ असार । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को..