शिक्षा

विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह
२८ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ..

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर
२६ चैत, काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका हुन् । आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दैउनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । सजाय निर्धारणका लागि वैशाख..

समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को जोड
२३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।” विश्वविद्यालयको सम्पूर्ण शैक्षिक..

एसईई दिनबाट वञ्चित भएकाहरूलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइने
२१ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट वञ्चित भएका कुनैपनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छन् । फि तिर्न नसकेर पनि कतिपय विद्यार्थीहरूले सो परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उनले परीक्षा दिन नपाएका कुनैपनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिन समेत आह्वान गरिन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कुनैपनि विद्यार्थीले..

एक वर्षभित्र लोक सेवा आयोगका ७ परीक्षा उत्तीर्ण गरेकी दमककी मोबिना खातुन
२० चैत, झापा । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैङ्क राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८र७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । लोक सेवा परीक्षाका लागि तयारी गर्दा यति धेरै परीक्षामा नाम निस्केला भन्ने..

शिक्षामा पर्याप्त लगानी गर्न सरकारसँग सांसदहरुको माग
१९ चैत । राष्ट्रियसभा सदस्यहरूले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । सोमबारको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिए । उनीहरुले सांसदहरूका आफ्नाआफ्ना चाहनाअनुसार बजेट माग गरेपनि प्राथमिकताका आधारमा मात्रै बजेट..

बाल सुधारगृहमा विद्यालयको व्यवस्था गर्न कांग्रेस सचेतक थिङको माग
१८ चैत । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । “बाल सुधारगृहमा विद्यालय सञ्चालन गर्नुपर्छ कि पर्दैन ? तत्काल बालसुधार गृहमा विद्यालय सञ्चालन गरियोस्,” उनले भनिन् । नेपालमा आठ बाल सुधारगृह छन् । सरकारले सञ्चालन गरेका चार बाल सुधारगृहमा विद्यालय नभएको उनले जानकारी गराइन् । उनले कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूको टोलीले..

विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे आफ्ना मन्त्रीसँग रास्वपाको छलफल
१८ चैत, काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ । पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । ‘विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको छ,’ रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने,’विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र दिएपछि यथार्थ विद्यार्थी संख्या देखिन्छ ।’ विद्यार्थीको संख्या यथार्थमा..

दैलेखमा एसईईका एक नक्कली परीक्षार्थी पक्राउ
१५ चैत, सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका–१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । उनले नियमित एसईई परीक्षार्थी..

उत्तरपुस्तिका हराएकोप्रति अखिल क्रान्तिकारीको आपत्ति
१४ चैत । त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका हराएकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय पहिलो वर्षको जनसङ्ख्या विषयको उत्तर पुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुले हराएको घटनाप्रति अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विद्यार्थीको सुनौलो भविष्यमाथि खेलबाड गर्नेलाई अखिल क्रान्तिकारी नछोड्ने चेतावनी समेत दिएको छ। क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदिप भट्टले एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा छानबिन गर्न माग गरेका छन्। विद्यार्थीको उत्तर..