इलामको माङसेबुङमा पहिलोपटक राई वान्तावा भाषाको पठनपाठन हुने

३० मंसिर, इलाम । इलामको माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष सुनिता फोम्बोले जानकारी दिनुभयो । जिल्लामै पहिलोपटक प्रतिस्पर्धाबाट भाषा शिक्षक छनोट गरिएको हो । सो बान्तावा भाषा शिक्षकको लागि शान्ताकला राई छनोट भएकी..

शिक्षा क्षेत्रलाई ब्यावहारिक बनाउन चुलाचुलीमा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम सम्पन्न

२६ कार्तिक, इलाम । चुलाचुली गाउँपालिकामा शिक्षा क्षेत्रलाई ब्यावहारिक तथा नतिजामुलक बनाउन दुई दिने पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । चुलाचुली शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना सो कार्यक्रम सम्पन्न भएको हो । चुलाचुली–३ स्थित किराँतेश्वर माविमा कार्तिक २४ गते सम्पन्न भएको सो कार्यक्रममा चुलाचुलीमा रहेका २१ सामुदायिक र छ संस्थागत बिद्यालयका प्रतीनिधी शिक्षक तथा शिक्षिकाहरुको उपस्थिती रहेको चुलाचुली शिक्षा शाखाका प्रमुख रामप्रसाद मिश्रले जानकारी दिनुभयो । शिक्षा बिकास..

इस्टु झापाद्धारा प्याब्सन, एन–प्याब्सन बिरूद्ध उजुरी दर्ता

६ कार्तिक, झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सनसहित निजी विद्यालय सञ्चालक बिरूद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ । प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय संञ्चालकहरूले श्रम ऐन तथा नियमावली विपरित शिक्षक कर्मचारीलाई पारिश्रमिक दिन अस्विकार गरेपछि इस्टु झापाको उजुरी समितिले कारवाहीको माग राख्दै श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको हो । उजुरी समितिका संयोजक राजु वरालको नेतृत्वमा..

कक्षा १२ को परीक्षा छैठ पर्वलगत्तै हुने

४ कार्तिक, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छैठ पर्वलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो । बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा..

दमकको हिमालय मा.वि.मा थप ६ सय विद्यार्थीको भर्ना

११ असोज, झापा । झापा जिल्ला अन्तर्गत नमुना सामुदायीक विद्यालयको रुपमा रहेको दमक–२ को हिमालय माध्यमिक विद्यालयले यस बर्ष उल्लेख्य रुपमा विद्यार्थी संख्या बृद्धी गरेको छ । गत बर्षको तुलनामा चालू शैक्षिक शत्रका लागि विद्यालयले करिव ६ सयको संख्यामा थप विद्यार्थी भर्ना गरेको जनाएको छ । विद्यालयका प्रध्यानाध्यापक ओमप्रसाद आचार्यका अनुसार विद्यालयको शैक्षिक गुणस्तर संगै भौतिक संरचाना समेत थपिदै जादा विद्यार्थीको भर्ना संख्यामा वृद्धी गरिएको हो । उहाँका अनुसार अघिल्लो..

मेचीनगरमा रेडियोबाट पठनपाठन शुरु

२५ भाद्र, झापा । झापाको मेचीनगर नगरपालिकाले रेडियोबाट पठनपाठन शुरु गरेको छ । नगरपालिकाभित्र रहेका विद्यार्थीलाई लक्षित गर्दै रेडियोबाट पठन–पाठन शुरु गरेको हो । काँकरभिट्टामा रहेको रेडियो साथीसँग सहकार्य गर्दै नगरपालिकाले बैकल्पिक कक्षा शुरु गरेको रेडियो साथीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो । कक्षा ५ देखि १० कक्षासम्मका विद्यार्थीले अहिले रेडियोबाट शिक्षा लिईरहेका छन् । रेडियो साथीले झण्डै चार महिना अघिबाट रेडियो कक्षा सञ्चालन गरेको हो । सातामा छ..

एसइईको नतिजा प्रकाशित

१ भाद्र, काठमाण्डौँ । यस वर्षको एसइईको नतिजा प्रकाशित भएको छ । आज राष्ट्रिय परिक्षा बोर्डले नतिजा प्रकाशन गरेको हो । परिक्षा नियन्त्रक रामराज खकुरेलले परिक्षाफल प्रकाशित गरेका जानकारी दिनुभयो । यसवर्ष एसईईको बोर्ड परीक्षा भएन । कोरोना संक्रमणको जोखिमका कारण परीक्षा नभएको हो । बोर्डले विद्यालयको आन्तरिक मुल्यांकनलाई प्रमाणिकरण गरी नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशनमा जिपिएको विवरण खुलाइएको छैन । यसवर्ष पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने..

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने, निर्मलीकरणको जिम्मा स्थानिय तहलाई

१५ श्रावण, काठमाण्डौँ । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिनुभएको हो । विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कक्ष सञ्चालन गर्न पाइने छैन..

रोङको नमुना विद्यालमा ‘इ–एजुकेसन’ संञ्चालनका लागि प्रदेश सरकारको अनुदान

१४ श्रावण, इलाम/रोङ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले इलामको रोङ–३ कुटीडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयलाई रु ८ लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ‘इ–एजुकेसन’का लागि रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । इ–एजुकेसन अन्तर्गत Interative board, Smart TV/CCTV खरिद गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले बताउनुभयो । विद्यालयमा यो भन्दा अगाडि पनि प्रदेशको..

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

१२ श्रावण, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने जनाएको छ । त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जनाउनुभयो । शिक्षा पत्रकार समूहको आजको ‘शिक्षाबार भर्चुअल संवाद’मा २५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको उहाँले बताउनुभयो । यसै साता नतिजा प्रकाशनको तयारी गरिरहेको पनि परीक्षा नियन्त्रक..