११ असोज, झापा । झापा जिल्ला अन्तर्गत नमुना सामुदायीक विद्यालयको रुपमा रहेको दमक–२ को हिमालय माध्यमिक विद्यालयले यस बर्ष उल्लेख्य रुपमा विद्यार्थी संख्या बृद्धी गरेको छ । गत बर्षको तुलनामा चालू शैक्षिक शत्रका लागि विद्यालयले करिव ६ सयको संख्यामा थप विद्यार्थी भर्ना गरेको जनाएको छ ।
विद्यालयका प्रध्यानाध्यापक ओमप्रसाद आचार्यका अनुसार विद्यालयको शैक्षिक गुणस्तर संगै भौतिक संरचाना समेत थपिदै जादा विद्यार्थीको भर्ना संख्यामा वृद्धी गरिएको हो । उहाँका अनुसार अघिल्लो शैक्षिक शत्रमा २६ सय ६७ जनाको भर्ना गरिएको थियो भने यस बर्ष थप ६ सय ५९ जना विद्यार्थीको भर्ना गरिएको छ ।
निजि विद्यालयहरुको भन्दा उच्च शैक्षिक गुणस्तर रहेको यस सामुदायीक विद्यालयले विगतका बर्षहरुबाट भौतिक संरचनामा थप स्तरोन्नती गरिरहेको छ । यसका अलावा विद्यालयमा ठूला कक्षाका विद्यार्थीका लागि ‘इन्टरेक्टिभ बोर्ड’को माध्यमबाट कक्षा संञ्चालन गर्दै आएको छ । यस्तै साना कक्षाका लागि स्मार्ट टिभिको माध्यमबाट पठनपाठन संञ्चालन गर्ने गरेका छ । विद्यालयले लकडाउनको समयमा स्थानिय हिमशिखर टेलिभिजनबाट समेत कक्षा संञ्चालन गरेको थियो ।
अनलाईन कक्षा पनि धमाधमः
कोरोना महामारीका कारण लकडाउन भएदेखी नै विद्यालयले निरन्तर रुपमा अनलाईन प्रविधीको माध्यमबाट कक्षा संञ्चालन गरिरहेका छ । विद्यालयका सह–प्रध्यानाध्यापक द्रोण श्रेष्ठको संयोजकत्वमा अनलाईन कक्षा संञ्चालन सम्वन्धी शिक्षकहरुको समिती नै बनाएर अनलाईन कक्षा संञ्चालन गरिरहको विद्यालयले जनाएको छ ।
‘अनलाईनको माध्यमबाट हामीले निरन्तर रुपमा कक्षा संञ्चालन गरिरहका छौँ ।’ अनलाईन कक्षा संञ्चालन समिती संयोजक श्रेष्ठले भन्नुभयो–‘अनलाई कक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउन हामीले शिक्षकहरुलाई पनि तालिम दिने गरेका छौँ ।’
विद्यालयले शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन नियमीत रुपमा युनिट टेस्ट, अभिभावक भेला तथा कमजोर विद्यार्थीहरुलाई खतिरिक्त कक्षाको समेत व्यवस्था गरेका छ । विद्यालयमा हाल ६९ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।