शिक्षा

सुनसरीका सामुदायिक विद्यालयहरुलाई सेभ द अर्थको सहजीकरणमा स्वास्थ्य सामाग्री सहयोग
२२ वैशाख, सुनसरी । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थ नामक संस्थाले सुनसरीका स्थानियतहहरुमा रहेका सामुदायिक विद्यालयहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । हाल लकडाउन कारण विद्यालहरु वन्द रहे पनि लकडाउन खुले संगै विद्यालयहरु खुलेपछि विद्यार्थीहरु कोरोना संक्रमणबाट सम्वेदनशिल रहने भएको हँुदा विद्यार्थीका लागि स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको जनाइएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थको सहजीकरणमा सेनिटाईजर, ग्लोब्स, मास्क लगायतका स्वास्थ्य सामाग्री..

प्रदेश–१ मा टेलिभिजन मार्फत एसईई तयारी कक्षा सञ्चालन गरिने
१२ वैशाख, विराटनगर । कोरोना भाइरसको संम्भावित जोखिमका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी कक्षा प्रदेश १ मा सञ्चालन हुने भएको छ । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्र संग समन्वय गरेर एसईई तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग कक्षा संञ्चालनका लागिसम्झौता समेत गरिसकेको जनाएको छ । टेलिभिजन मार्फत दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालन..

लकडाउनकाे सातादिनमा नतिजा प्रकाशित गर्ने, तर प्रदेश २ मा परिक्षा नभएकाे
जनकपुरधाम, ५ बैशाख । काेराेना भाइरस (काेभिड १९) काे जाेखिमलाइ मध्यनजर गर्दै सरकारले चैत्र ५ गतेसम्म कक्षा १ देखी कक्षा ९ सम्मका परिक्षा सक्नका लागि व्यवस्था गर्न गराउन सुचना जारी गरेकाे थियाे । तर प्रदेश नं. २ का निजी विद्यालयहरूमा भने परिक्षा नै नलिएकाे खुलासा भएकाे छ । सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरिरहेकाे बेला प्रदेश २ अन्तर्गतका आठ जिल्लाका..

प्रबिधीमैत्री अनलाइन अध्यापन कक्षा सन्चालन गर्दै दमक बहुमुखी क्याम्पस
दमक, ३ बैशाख । झापाकाे दमकमा सञ्चालित दमक बहुमुखी क्याम्पसले अनलाइन शिक्षण विधिद्वारा अध्यापन गराउने भएकाे छ । यस विधिद्वारा विद्यार्थीहरूले घरमै बसेर शिक्षण क्रियाकलापमा सहभागि हुन सक्नेछन् । क्याम्पस प्रमुख डा. नेत्र बहादूर बुढाथोकि तथा विभिन्न तहका कार्यक्रम संयाेजक सुमन कुमार नेपाल ,रामचन्द्र अधिकारी र अभिनास कुमार झा लगायत विभिन्न सम्बन्धित प्राध्यापकहरुबीच मंगलबार भएको छलफलले साे निर्णय गरेकाे हाे । लकडाउनका कारण शिक्षा क्षेत्रमा बिधार्थीहरुको परिक्षा तथा शैक्षिक कार्य तालिकालाइ..

बराह ग्रुपद्वारा कोरोना राहत कोषमा १९ लाख हस्तान्तरण
२ वैशाख, सुनसरी । धरान उपमहानगरपालिकाको बराह गुरुपले कोरोना राहत कोषमा १९ लाख रुपैँया हस्तान्तरण गरेको छ । बराह गुरुपले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि १९ लाख रुपैया सहयोग गरेको हो । बराह गुरुप अन्तर्गत सञ्चालित २५ वटै भगिनि संस्थाका कर्मचारीको तर्फबाट स्वइच्छाले रकम संकलन गरेर सरकारलाई हस्तान्तरण गरेको बराह ग्रुरुपका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिनुभयो । लामिछानेले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु..

झापामा कोठाभाडा बसेर अध्यन गर्ने विद्यार्थीहरुलाई आ–आफ्नो घर पुर्याउने निर्णय
२९ चैत्र, झापा । झापा जिल्लाको दैनिक जनजीवन सहज बनाउन र जिल्लामा कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले १३ बुँदे निर्णय गरेको छ । किसान सम्बन्धी राहत, अति विपन्नलाइ राहत, सिमामा क्वारेन्ठटाइन विस्तार, दैनिक उपभोग्य बस्तु तथा इन्धनको ब्यवस्थापन लगायतको बिषयमा निर्णय भएको समितिका संयोजक तथा जिल्ला समन्वय समिती झापाका प्रमुख सामेनाथ पोर्तेलले बताउनुभयो । प्रमुख पोर्तेलका अनुसार अव राहत..

लकडाउनको बेला क्याम्पस प्रमुखबाट सवारी पासको दुरुपयोग
२१ चैत्र, इलाम । रामप्रसाद गुरागाईं महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका क्याम्पस प्रमुख हुन् । गैरजिम्मेवार अनि फितलो कार्यशैलीको कारण पटक–पटक विवादमा आइरहने क्याम्पस प्रमुख गुरागाईं महामारीको समयमा फेरि एक पटक अख्तियारको दुरुपयोग गरेर चर्चामा आएका छन् । कोरोना भाईरस (COVID-19) को महामारीको कारण सरकारले लकडाउन गरेसँगै यातायात आवागमनको लागि प्रशासनको पास अनिवार्य गरिएपछि क्याम्पसको नाम बेचेर उनले सवारी पासको दुरुपयोग गरेको खुलेको हो । क्याम्पस प्रमुख गुरागाईं आफैंले जिल्ला..

एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित
५ चैत्र, काठमाडौं । मित्र राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । यसअघि एसईई परीक्षा मिति चैत्र ६ गते बाट सुरुहुने भनी मिति तय गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्मपन्न
७ फाल्गुन, झापा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा झापाको कमल गाँउपालिकामा वृहत सरसफाई कार्यक्रम सम्मपन्न भएको छ । ६० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको दिन आज कमल गाउँपालिका ५ मंगलवारे वजारदेखि पाडाजुंगी चौंक सम्मको सडक तथा वजार क्षेत्रमा सरसफाई गरिएको हो । वडा कार्यालय तथा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको समन्वय स्थानीय स्मारिका सामुदायिक बोर्डिङ स्कुलको जुनियर रेडक्रस सर्कलको आयोजनामा सो सचेतनामूलक सरसफाई कार्यक्रमसम्पन्न भएको हो । सरसरफाईमा विद्यार्थीसहित स्थानीय सामाजिक..

स्ववियु निर्वाचन अनिश्चित, कमजोरी कस्को ?
७ फागुन । फागुन महिनाभित्र हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित कालका लागि सरेको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा गर्ने सो निर्वाचन त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि सारिएको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरका अनुसार नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि अनिश्चित कालका लागि चुनाव स्थगित भएको हो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव..