१ भाद्र, काठमाण्डौँ । यस वर्षको एसइईको नतिजा प्रकाशित भएको छ । आज राष्ट्रिय परिक्षा बोर्डले नतिजा प्रकाशन गरेको हो । परिक्षा नियन्त्रक रामराज खकुरेलले परिक्षाफल प्रकाशित गरेका जानकारी दिनुभयो ।
यसवर्ष एसईईको बोर्ड परीक्षा भएन । कोरोना संक्रमणको जोखिमका कारण परीक्षा नभएको हो । बोर्डले विद्यालयको आन्तरिक मुल्यांकनलाई प्रमाणिकरण गरी नतिजा प्रकाशन गरेको हो ।
नतिजा प्रकाशनमा जिपिएको विवरण खुलाइएको छैन । यसवर्ष पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७६ को एसईईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन भरेका थिए । त्यसमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अगाडि परीक्षाफल प्रकाशित गरिएको हो ।
‘भर्खरै परीक्षाफल प्रकाशित भयो,’ खकुरेलले भन्नुभयो, ‘परीक्षाफल बोर्डले प्रमाणीकरण र्गयो ।’