आगामी तीन दिन देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

२३ भाद्र, काठमाण्डौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासका क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी तीन दिन देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, मधेस,..

मोरक्कोमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ६ सय ३२ पुग्यो

२३ भाद्र, काठमाण्डौँ । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ६ सय ३२ पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा ३ सय २९ जना घाइते भएका छन् भने ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ । मध्य मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । स्थानीय समय अनुसार राति २३ः ११ मा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर..

कांग्रेस सांसदको हिंस्रक अभिव्यक्तीः डिएसी र उनको परिवारलाई खोजेर मार्ने धम्की

२३ भाद्र, विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै तोकेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् । प्रदेश १ का प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् । त्यसक्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले..

धरानमा डेंगु संक्रमण दर केही घट्दो, हालसम्म १३ जनाको मृत्यु

१९ भाद्र, काठमाण्डौँ । सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै वडा नम्बर ११ रहेको छ । उक्त वडामा डेंगुबाट ४ जनाको मृत्यु भएको छ । वडा नम्बर १५ र १८ मा २\२ जना र अन्य वडाहरु २, ५, १०, १६ र १७ मा १\१ जनाको मृत्यु..

कोशी प्रदेश सरकार गठन विवादः सर्वोच्चको पूर्ण इजलासले विश्वासको मत लिएको भिडियो नै हेर्ने

१९ भाद्र, काठमाण्डौँ । कोशी प्रदेश सरकार गठनको वैधानिकताको मुद्दा हेरिरहेको सर्वाेच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ । त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ ।..

एमाले लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि सात सय मत खस्यो

१९ भाद्र, काठमाण्डौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान भइरहेको हो । बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए । मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुने बताईएको छ । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् । प्रदेश..

एमाले लुम्बिनी प्रदेश अधिवेशनः अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी

१८ भाद्र, काठमाण्डौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी परेको बताईएको छ । अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी परेको छ । उपाध्यक्ष पुजन विक, भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल, शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा..

बालेनलाई जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंकोे अनुरोध

१८ भाद्र, काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नर्पुयाउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास..

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

१८ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको स्रोतले बताएको छ ।

उपेन्द्र रुष्ट हुँदा राप्रपा र रास्वपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी

१४ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । राप्रपालाई सरकारमा ल्याउने गृहकार्य थालेका प्रधानमन्त्री दाहालले यो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि सत्ता–सहकार्यको लागि छलफल गरेका छन् । राप्रपालाई संसदीय समितिको सभापतिको भाग छुट्याएसँगै सत्ता–सहकार्यको चर्चा चलेको छ । राप्रपाका सांसद दीपक सिंह अहिले पूर्वाधार विकास समितिको सभापति चयन भएका छन् । राप्रपाले कोशी प्रदेशको स्थायित्वको लागि भूमिका खेल्ने वचन दिएपछि संसदीय समितिको..