विशेष

प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘क्रिसमस डे’का अवसरमा इसाई धर्मावलम्बीलाई दिए शुभकामना
९ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रूपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र..

विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ संशोधन प्रस्ताव पेस
८ पुष, काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसदको शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् । उनीहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव पेस गरिएको छन् ।समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ । समितिले क्रमशः संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूलाई बोलाएर छलफल गर्नेछ । आइतबार पहिलो दिनको..

राजतन्त्र फर्काउँछु भन्ने सपना नदेख्न राजावादीलाई ओलीको चेतावनी
८ पुष, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पुर्न राजतन्त्र फर्काउँछु भन्ने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन् । मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको एमालेको १८ दिने झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारेमा जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम..

राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू सफल भएनन्ः पर्यटनमन्त्री किराँती
८ पुष, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू कामयाब हुन नसकेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफलमा बोल्दै मन्त्री किरातीले आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने बताएका हुन् । उनले खम्बा विद्रोह देखाएर पर्यटकका लागि निषेधित क्षेत्र गरिएकोमा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूणर् क्षमतामा..

छानविन समितीद्वारा मीनबहादुर र उनको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष
८ पुष, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानविन समितिले मीनबहादुर घले र उनको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष निकालेको छ । गत मंसिर २२ गते दुवईबाट काठमाडौं आउँदै गरेका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । चन्द्र पक्राउ परेपछि उक्त सुन गोरखाका मीनबहादुर घलेको भएको खुलेको थियो । उक्त घटनाबारे छानविन गर्न भन्सार कार्यालयले बनाएको समितिले दुवईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्ति..

कोशी प्रदेशको दुई जिल्लामा दुई जना मृत फेला
८ पुष, मोरङ । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका-५ कोचाखाल चोकमा डेरा गरी बस्ने भोजपुर नगरपालिका-७ पोखरे लाइन घर भएका ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता धनकुटाको धनकुटा नगरपालिका-९ बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्..

इलामको रोङ गाउँपालिकामा १६० वटा रेडियो वितरण
८ पुष, इलाम । इलामको रोङ गाउँपालिकाको वडा नम्बर ५ मा हिजो शनिबार १६० वटा रेडियो वितरण गरिएको गाउपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिए । उनले गाउँपालिकाभरीका सम्पुणर् जेष्ठ सदस्यलाई रेडियो वितरण गरिने बताए। गाउँपालिकाले एक हजार १ सय रेडियो खरिद गरिएको उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिइन्। उनले ६ वटै वडाका जेष्ठ सदस्यलाई रेडियो वितरण गर्न शुरु गरेको बताइन्। गाउँपालिकाले रेडियो वितरण कार्यक्रमलाई ‘चेतना वितरण’ भनेको छ । भौगोलिक रुपमा..

ज्येष्ठ नागरिकलाई पोसाक भत्ता
८ पुष, इलाम । ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध हुन्छ, भन्दा पत्यार नलाग्न सक्छ । तर, इलामको एक स्थानीय तहले भने ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । उनीहरुलाई नगरपालिकाले वार्षिक एकपटक पहिलो त्रैमासिकमा पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए..

यातायात राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन
८ पुष, भोजपुर । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन् । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गरेकी हुन् । राज्यमन्त्री चपाईँले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल-चखेवा, भोजपुरको चखेवा-लेगुवा र कोशी राजमार्गको खाँदबारी-भोटखोला किमाथाङ्का सडकखण्डको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईँले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका..

शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक
८ पुष, काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो। शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान कार्यालय समय खुलेसँगै माग संख्या र कुन प्रदेशमा कति माग भएको छ भन्ने थाहा हुनेछ। माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीणर्..