शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक

८ पुष, काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।

शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान कार्यालय समय खुलेसँगै माग संख्या र कुन प्रदेशमा कति माग भएको छ भन्ने थाहा हुनेछ।

माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीणर् गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ। अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन्। विज्ञापन सम्बन्धी थप विवरण आयोगको वेवसाइटमा राखिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270