राष्ट्रिय प्रजातन्त्र दिवसः टुँडिखेलमा विशेष समारोह

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ । सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक..

एकदिवसीय खेलमा नेपाल ‘ऐ’ क्यानडा–११ सँग ४ विकेटले पराजित

६ फागुन, काठमाडौँ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ४ विकेटको हार ब्यहोरेको छ । नेपाल ए ले दिएको २१७ रनको मध्ययम लक्ष्य क्यानडा ११ ले ४९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । क्यानडा ११ का लागि नवनित दलिवालले ८० रनको आक्रामक पाली खेले । ७६बलको सामना गरेका उनले १० चौका ३ छक्का हिर्काए । त्यस्तै निखिल दत्तले ११५ बलमा ६७ रन जोड्दा ५ चौका र..

कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डा बनाउन १४ जिल्ला सभापतिहरुले गरे माग

६ फागुन, काठमाडौँ । भोलिबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डाको रुपमा समावेश गर्न १४ जिल्ला सभापतिहरुले माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका १४ जिल्ला सभापतिले महासमितिमा नामाकरणको मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका हुन् । विज्ञप्तिमा विष्णु कुमार राई (सभापती, खोटाङ) हिमाल कार्की (सभापती, उदयपुर) देउ कुमार थेवे (सभापती, झापा) नामगेल जाङबु शेर्पा, डिग बहादुर लिम्बु (सभापती, मोरङ)..

एमालेले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

६ फागुन, काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो । जसपा नेतृत्वको सरकारमा सुरुवातमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस..

चितवनमा दूध पोखेर आन्दोलन

६ फागुन, चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दूध पोखेका थिए । उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला..

इलाम २ मा उपनिर्वाचनको चहलपहल, रणनीति बनाउँदै दलहरु

६ फागुन, इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ। मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ। संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ। राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो। उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ। ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर..

नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन

६ फागुन, झापा । नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । मेची आँखा अस्पतालका नेत्र सहायक पदमा कार्यरत उनी सो अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत हुन् । हिमाल आँखा अस्पताल पोखरामा अध्ययन गरेका युवराज हाल भारतको मेघालयस्थित माहात्म गान्धी युनिर्भसिटीबाट पीएचडी गर्दैछन् । उनले आँखा स्वास्वास्थ्य सम्वन्धि अध्ययन गरिरहेका छन् । झापामा रहेका विभिन्न आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरुको भेलाले दाहालको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो..

बगदाद जाने आर्चरी टोलीको बिदाइ

६ फागुन, काठमाडौं ।  नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् । प्रतियोगिता मंगलबारदेखि ६ दिनसम्म हुनेछ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ । सहभागी हुने खेलाडीमा अनुसका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् । टिमको प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरे । त्यस अवसरमा..

शिवसताक्षी नगरपालिकाका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान

६ फागुन, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । इ–हाजिरीको शिवसताक्षी नगरपालिका ११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शुभारम्भ गरेका छन् । इ हाजरीको शुभारम्भ गर्दै नगर प्रमुख थोप्राले नगरभित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई हाजिरीमा सहज बनाउन र नगरबाट..

प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने

६ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् ।..