बगदाद जाने आर्चरी टोलीको बिदाइ

बगदाद जाने आर्चरी टोलीको बिदाइ


६ फागुन, काठमाडौं ।  नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् ।

प्रतियोगिता मंगलबारदेखि ६ दिनसम्म हुनेछ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ ।

सहभागी हुने खेलाडीमा अनुसका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् । टिमको प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरे ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।

पेरिस ओलम्पिक्सका लागि जुलाईमा आर्चरीको छनोट हुनेछ र त्यस अगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहनेछ ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी र संघका सचिव योगेन्द्र शेरचनको पनि उस्थिति थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर