मन्त्री बन्नासाथ महिलामन्त्रीले तय गरिन् अमेरिका भ्रमण

२४ फागुन, काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका जाने भएकी छिन् । यसअघि तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जाने तय भएको थियो । तर, सोमबार नयाँ मन्त्रीमण्डल गठन भएर आचार्य बाहिरिएपछि बुधबार चौधरीले नवनियुक्त महिला बालबालिकामन्त्रीका रुपमा पदभार ग्रहण गरेकी थिइन् । मन्त्रालय स्रोतका अनुसार चौधरी मन्त्रालयमा आउनासाथै यसअघिका मन्त्रीसहित सरकारी टोली अमेरिका..

उपनिर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय इलाम

२४ फागुन, इलाम । जिल्ला निर्वाचन कार्यालय इलाम आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको छ । बुधबार जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरुले निष्पक्ष र धाँदलीरहित निर्वाचनमा प्रतिवद्धता जनाएका छन् । निर्वाचनको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्वाचन कार्यालयलाई सरोकारवालाहरुले सुझाएका..

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री दाहाल

२४ फागुन,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताएका हुन्। ‘सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु’, प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक समीकरणमा परिवर्तन र..

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छ- प्रमुख सचेतक लेखक

२४ फागुन,  काठमाडौं ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नेता लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउँदै आफ्नो पार्टीले तत्कालीन गठनबन्धनप्रति इमानदारिता र सदासयता देखाउँदादेखाउँदै अकारण नयाँ गठबन्धन बनाइएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। यही फागुन २१ गते सत्तागठबन्धनमा फेरबदल आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पुनर्गठित सरकार..

प्रतितोला सुनको मूल्य एक लाख २५ हजार पुग्यो

२४ फागुन । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २५ हजार कायम भएको छ। यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ४७० मा..

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

२४ फागुन, बिर्तामोड । बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधवार आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छिन् । दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् । यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोश्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११..

२० लाख बालबालिकाले लगाए दादुराको खोप

२४ फागुन, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् । ‘रिपोर्ट पठाएका..

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

२४ फागुन,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।..

नेपालको निर्वाचन संस्कृति नै भ्रष्ट छः अधिवक्ता पोखरेल

२४ फागुन, दमक । अधिवक्ता सुरेशकुमार पोखरेलले निर्वाचनमा उम्मेद्वार बनेका व्यक्तिलाई कानूनले नै खर्च गर्न दिने व्यवस्था विरुद्ध सर्वाेच्च अदालत जाने बताएका छन् । बुधबार झापाको दमकस्थित पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उम्मेद्वारले कानूनमै तोकिए अनुसार लाखौं रकम खर्च गर्न पाउने प्रावधान विरुद्ध आफू सर्वाेच्च जान लागेको बताएका हुन् । पोखरेलले भने –‘कानूनले नै निर्वाचन संस्कृतिलाई भ्रष्ट बनाएको छ । ती कानून खारेज र निस्कृय नपारेसम्म स्वच्छ निर्वाचन..

प्रधानमन्त्रीको वाचा अनुसार टी-२० क्रिकेट विश्वकपका लागि ५ करोड निकासा

२४ फागुन, काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन्। उनले भने, ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत..