
२४ फागुन । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २५ हजार कायम भएको छ।
यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ४७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७