विशेष

भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न साइबर ब्युरोलाई पत्र
२१ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो । कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता छैनन् । दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह..

जेठ देखि हराइरहेका युवको कंकाल फेला
२१ असोज, झापा । गत जेठ १५ गतेदेखि हराइरहेका झापा बाह्रदशी गाउँपालिकाका २१ वर्षीय राजेश हजामको कंकाल फेला परेको छ । बाह्रदशी–७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा कंकाल फेला परेको जनाइएको छ । केही दिनदेखि हजामको शव खोजी गर्न प्रहरीले जेसिवी प्रयोग गरेर खोजिरहेको थियो । प्रहरीले पहिले एउटा घरमा उत्खनन् गरेको थियो भने आज विरिङ खोलामा जेसिवी प्रयोग गरेर शव खाज्ने क्रममा फेला पारेको हो । प्रत्यक्षदर्सीका..

सरोकारवाला निकायको वेवास्ताले मेची राजमार्ग ४ दिन देखी अवरुद्ध
२१ असोज, इलाम । सरोकारवाला निकायले बेलैमा वास्ता नगर्दा मेची राजमार्गको इलाम राजदुवाली खण्डमा सडक भासिएर राजमार्ग अवरुद्ध छ । राजदुवालीमाथी माईखोलाको भित्तामा बर्षै अगाडी देखी सडक भासिन सुरु गरेको थियो । त्यसलाई रोक्न करोडौँ रकम खर्चेर नयाँ प्रविधीको प्रयोग गरिएपनि सडक भासिने रोकिने क्रम रोकिएको थिएन । त्यसैले सडक डिभिजन कार्यलय इलामले करिव दुई बर्ष यता न सडक मर्मतमा चासो दियो नत बैकल्पिक सडक निर्माणमा नै चासो दिएको थियो..

एमाले चुलाचुलीको अधिवेशनः अध्यक्ष र उपाध्यक्षमा निर्वाचन, सचिव र उपसचिव सर्वसम्मत
२० असोज, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीको अध्यक्षमा देउमान गिरी निर्वाचित भएका छन् । असोज १८ र १९ गते भएको अधिवेशनमा उनले अर्का अध्यक्ष पदका उम्मेद्धवार रणबहादुर लिम्बुलाई हराउदै निर्वाचित बनेका हुन् । निर्वाचित गिरीले ८३ मत प्राप्त गर्दा लिम्बुले ७१ मत प्राप्त गरेका थिए । गिरी २०८९ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं. ३ को वडाध्यक्ष पदका उम्मेद्धवार बनेर पराजित बनेका थिए भने लिम्बु..

देशभर तीन दिन विद्यालय बन्द गर्ने निर्णय
१२ असोज, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो । यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । ‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत..

बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ७२ जना वेपत्ता
१२ असोज, काठमाण्डौँ । अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित..

सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने सरकारको निर्णय
१२ असोज, काठमाण्डौँ । सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण..

समुदायमा बसेर प्रजनन गर्ने चराहरुको बास र संख्या घट्दै
११ असोज, झापा । झापामा समुदायमा बसेर प्रजनन गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व-पश्चिम राजमार्ग आसपासका रुखहरुमा यसअघि प्रजनन गर्ने ठूलो बथानका चराहरु सडक स्तरोन्नित गर्ने क्रममा रुख काटिँदा समस्यामा परेका छन् । रैथाने चरा जलकबुवा र १४ प्रकारका बकुल्लाले खासगरी समुहमा बसेर असारदेखि भदौ अन्तिमसम्म प्रजनन गरी बच्चा हुर्काउने काम गर्दछन् । तर, बर्षेनी उनीहरुको बासस्थानमा अतिक्रमण हुन थालेपछि चराको प्रजननमा समस्या आएको छ..

कोशी प्रदेशमा अविरल वर्षाका कारण जनजीवन प्रभावित
११ असोज, झापा । झापालगायत कोशी प्रदेशमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। । निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन् । अविरल वर्षाका कारण इलाम, पाँचथर, ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन् । कतौ कतौ सडक भत्किएका कारण यातायातका साधन चल्न..

लगातारको वर्षाका कारण आन्तरिक उडानहरू प्रभावित
११ असोज, काठमाडौँ । प्रतिकुल मौसमका कारण आज आन्तरिक उडानहरू प्रभावित भएका छन् । लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा आजका उडानहरू बिहानैदेखि प्रभावित छन् । आजको माउन्टेन फ्लाइटहरु सबै रद्द भएका छन् । लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेको छैन । काठमाडौंबाट सो ठाउँमा जान हिँडेका यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अड्किएका छन् । उडानहरू सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड बढेको विमानस्थलका प्रवक्ता..