विशेष

दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई आयरल्यान्डद्वरा १७५ रनको लक्ष्य
२३ चैत । गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो । वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४–७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले..

समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को जोड
२३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।” विश्वविद्यालयको सम्पूर्ण शैक्षिक..

तीनघरे–शान्पिुर–झापा सडकको अवलोक गर्दै पूर्वप्रधानमन्त्री खनाल
२३ चैत, झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रका सडकको अवलोकन गर्नुभएको छ। बिहीबार पूर्वप्रधानमन्त्री खनालले तीनघरे–शान्पिुर–झापा सडकको अवलोक गर्नुभएको हो । उहाँले तीनघरे–शान्पिुर–झापा सडकलाई पक्की सडकको रूपमा अघि बढाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । ‘यो बाटोको ट्र्याक खोल्ने पहल पनि मैले नै गरेको हो अब बाह्रै महिना चल्ने सडक भइसक्यो यसलाई पिच गरेर यस भेगका जनातको जीवनस्तर उकास्न सरकारसँग पहल गर्छु,–उहाँले..

‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयन सार्वजनिक, को–को परे?
२३ चैत, झापा । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट..

वीरगञ्ज महानगरले नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालन गर्दै
२३ चैत । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज..

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो
२३ चैत । शेफिल्ड युनाइटेडलाई पराजित गर्दै लिभरपुल इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा फर्किएको छ। एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डार्विन नुनेज, म्याक एलिस्टर र कोडी गाक्पोले १,१ गोल गरे। शेफिल्ड युनाइटेडले एक गोल उपहार पाएको थियो। १७औँ मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले खेलमा अग्रता लिएको थियो। तर, ५८औँ मिनेटमा कोनोर ब्राडलीले आत्माघाति गोल गर्दै खेल १–१ मा..

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
२२ चैत, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा
२२ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश..

अनावश्यक आरोप र भ्रमलाई पार्टीका सबै नेताकार्यकर्ताले चिर्नु आवश्यक छः सुहाङ नेम्वाङ
२२ चैत, इलाम । इलाम २ का एमाले उम्मेद्धवार सुहाङ नेम्वाङ्ले सिंगो पार्टी एक भएर मात्र आउदो उपनिर्वाचनमा जित निकाल्न सकिने बताएका छन् । नेकपा एमाले चुलाचुली पालिका कमिटीको बैठकलाई सम्बोधन गर्दे उनले अनावश्यक आरोप र भ्रमहरुलाई पार्टीका सबै नेता कार्यकर्ताहरुले चिर्न सक्नुपर्ने बताए । इलाममा केही विकाश भएन भन्ने भ्रम धेरै जनतामा छाएको भन्दै एमाले कार्यकर्ताले जनतासामु प्रस्ट्याउनु पर्ने दिन आएको उनले बताए । चुलाचुलीको भुगोलमा हिजो बाटो नभएको..

राजेशपायल राईले गरे सम्बन्धविच्छेदः श्रीमतीलाई ५ करोडको घर र ५० लाख नगद
२२ चैत, काठमाण्डौँ । आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो । सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको..