
२२ चैत, इलाम । इलाम २ का एमाले उम्मेद्धवार सुहाङ नेम्वाङ्ले सिंगो पार्टी एक भएर मात्र आउदो उपनिर्वाचनमा जित निकाल्न सकिने बताएका छन् । नेकपा एमाले चुलाचुली पालिका कमिटीको बैठकलाई सम्बोधन गर्दे उनले अनावश्यक आरोप र भ्रमहरुलाई पार्टीका सबै नेता कार्यकर्ताहरुले चिर्न सक्नुपर्ने बताए ।
इलाममा केही विकाश भएन भन्ने भ्रम धेरै जनतामा छाएको भन्दै एमाले कार्यकर्ताले जनतासामु प्रस्ट्याउनु पर्ने दिन आएको उनले बताए । चुलाचुलीको भुगोलमा हिजो बाटो नभएको अवस्थामा आज कालोपत्रे सडक नै बनेको उनले बताए । खोलाहरुमा पक्की पुल र झोलुङ्ले पुल, विद्युत् विस्तार प्रसस्त मात्रमा एमालेकै पाला र पहलमा बनेको उनले बताए । कतै कतै सडकको योजना परेर पनि ठेकेदार कम्पनीले काम नगर्दा काम ढिला भएको भन्दै अब त्यस्ता अपुरा र अधुरा कार्यहरुलाई पुर्णता दिने योजना बनाएको उनले बताए ।
अर्को प्रसंगमा बोल्दै उनले अवको समयमा युवाको जोश, जागर र उर्जा अनि अग्रज पुस्ताको अनुभव र सल्लाहबाट समृद्धी हासिल गर्न सकिने बताए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७