सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण

४ पौष, काठमाण्डौँ । सरकारले उखुको खरिद मूल्य तोकेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सुचना तथा संञ्चचर मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।

एनसेलको शेयर बिक्री प्रकृया अस्वाभाविक भएको प्रधानमन्त्री प्रचण्डको भनाई

३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री प्रकृया स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए । यसमा कहिँ न..

इलामको देउमाईमा एकल पुरुष, अविवाहित महिला र तेस्रो लिङ्गीलाई मासिक भत्ता

३ पौष, इलाम। इलामको देउमाई नगरपालिकाले एकल पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाई नगरपालिकाले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ । देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ ।..

श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैनः मुख्यमन्त्री कार्की

२ पौष, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि शीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् । श्रमिकको सम्मान नरहेकोले नेपाल पछाडि परेको भन्दै कार्कीले कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक रहेको बताए । मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र..

इलामको माइजोगमाई गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सुरु

२ पौष, इलाम । इलामको माइजोगमाई गाउँपालिकाले प्रत्येक विद्यार्थी र ५० वर्ष माथिक सबै नागरिकको निःशुल्क आँखा जाँच शिविर सुरु गरेको छ । नेपाल नेत्र ज्योती संघ इलामसँगको सहकार्यमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा माईजोगमाई गाउँपालिकाले ६ वटै वडामा निःशुल्क आँखा जाँच शिविर संचालन गर्ने गरी आइतबारदेखि शिविर सुरु गरेको गाउँपालिका अध्यक्षको स्वकिय सचिव मनोज लिम्बूले बताए । आतबार माईजोगमाई गाउँपालिका-४ नेपाल ज्योति माध्यमिक विद्यालय नामसालिङमा शिविर संचालन भएको छ..

राष्ट्रियसभा निर्वाचनका लाागि पाँच दलले दिए निवेदन

२५ मंसिर, काठमाण्डौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् । आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल..

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैनः उपसभामुख मगर

२५ मंसिर, काठमाण्डौँ । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छिन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताइन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने..

पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने माङसेबुङ गाउँपालिकाको निर्णय

मंसिर २४, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले पिएचडी (विद्यावारिधी) पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गाउँसभाको निर्णय बमोजिम पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । माङसेबुङले कानुन नै बनाएर छात्रवृत्ति दिन लागेको हो । ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति दिन लागेको अध्यक्ष राईले बताए । त्यसका लागि गाउँपालिकाले सूचना नै प्रकाशन गरी आवेदन आह्वान गरेको छ । आफ्नो पालिकाबासी नागरिकलाई..

आम्दा अस्पताल सबै शाखाको बैंक खाता रोक्का

मंसिर २४, झापा । अवकाश प्राप्त कर्मचारीले पाउने सुविधाका विषयमा विवाद हुँदा आम्दा अस्पतालको बैंक खाता रोक्का भएको छ । २६ वर्षदेखि काम गरेका कर्मचारीको पारिश्रमिक भुक्तानी विवादमा श्रम कार्यालय झापाले एशोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल ९आम्दा नेपाल० को बैंक खाता रोक्का गरेको हो । विराटनगर महानगरपालिका–४ का श्यामप्रसाद न्यौपानेले आम्दा नेपालले झापामा सञ्चालन गरेको आम्दा अस्पतालमा काम गरेका थिए । अवकाशपछि पाउनुपर्ने उपदानलगायतका सेवा सुविधा नपाएपछि उनी..

ताप्लेजुङको फुङ्लिङमा आगलागी

२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको बताइएको छ । सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो..