२२ भदौ, इलाम । गत आर्थिक वर्ष २०८०।८१ मा इलाम जिल्ला अदालत देशभरमा तेस्रो भएको छ ।
सर्वाेच्च अदालतले कार्य सम्पादनका आधारमा गरेको मूल्यांकनमा देशका ७७ जिल्ला अदालतमध्ये इलाम तेस्रो बन्न सफल भएको हो ।
गत आवमा संख्याका आधारमा लक्ष्यनजिक पुुगेको, ६७ प्रतिशत मुद्दा फस्र्याेट भएको र दुई वर्षभन्दा बढी अवधिका मुद्दाको संख्या शून्य रहेको अदालतका सूचना अधिकारी अर्जुन राईले जानकारी दिनुभयो ।
न्यायसम्पादनमा उत्कृष्ट कार्य गरेवापत सर्वाेच्चको मूल्यांकनमा ७७ जिल्लामध्ये तेस्रो स्थानमा आउन सफल भएको राईको भनाइ छ ।