विशेष

फिफा वरियतामा नेपाल ९८औं स्थानमा
१ असार । नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल ९८औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा थियो। दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रोमा रहेको छ।

संघमा मन्त्री घटाऔं, प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं- गगन थापा
१ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने बताएका छन्। संघको मन्त्रालय घटाएर १०,१२ जना मात्रै मन्त्री बनाए पुग्ने उनको भनाइ छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संघ र प्रदेशको संसदको साइज घटाउनुपर्यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०,१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौं। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्। संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्याे।..

देशलाई नचिन्नु, नबुझ्नु ठूलो समस्या हो- सुहाङ
१ असार । नेकपा एमालेका युवा नेता एवम् प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले अहिलेसम्मको ठूलो समस्या भनेको देशलाई नचिन्नु भएको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले आफ्नो सम्भावनालाई नबुझ्नु समस्या भएको बताए । ‘हाम्रो अहिलेसम्मको सबैभन्दा समस्या ‘हामीले हाम्रो देशलाई नचिन्नु हो । हाम्रो सम्भावनालाई नबुझ्नु हो’, उनले भने, ‘जहाँ जतिसुकै मानव निर्मित चिज बनाएपनि पर्यटन आउँदैन । त्यही बजेट हाल्छौं । जहाँ केही नबनाएपनि पर्यटक आइरहेका छन्,..

पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु
१ असार । बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको..

प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
१ असार । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । चालु आवमा संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोसी..

असार ३ गते सार्वजनिक बिदा
१ असार । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद ९उल–अजाह० दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वरा ग्वाटेमाला पराजित
१ असार । नोभेम्बरपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका कप्तान लिओनल मेसी र लौटारो मार्टिनेजको शानदार प्रदर्शनमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्वाटेमालालाई पराजित गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १२औँ र ७७औँ मिनेटमा मेसीले गोल गरे। मार्टिनेजले ३९औं र ६६औँ मिनेटमा गोल गरे। एक गोल उनले पेनाल्टीमार्फत गरेका थिए। खेलको चौथो मिनेटमै लिसान्ड्रो मार्टिनेजको उपहार गोलमा शुरुआती अग्रता बनाएको ग्वाटेमालाले उक्त अग्रता जोगाउन..

जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु
१ असार। ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु शुक्रवार राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो । उपचारको क्रममा उनीहरुको साढे ९..

बारा क्याम्पस प्रमुख हत्या प्रकरण- दुई शंकास्पद व्यक्ति पक्राउ
१ असार। बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पदलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख सुरेश काफ्लेले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गम्भीर घाइते..

मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता
१ असार। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस..