१० साउन, झापा । करेन्ट लागेर झापाको कचनकवल गाउँपालिका –४ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलाराम साहका १५ वर्षीय छोरा विशालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति पौने ९ बजे वडा नं ४ बस्ने साहको घरको बरण्डामा रहेको टिनको छानोमा विद्युत प्रवाह हुदाँ उनलाई करेन्ट लगेको थियो ।
उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानी लगेपनि उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।