११ साउन, झापा । लोकगायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘कान्छी मट्याङट्याङ्’लगायतका दर्जनबढी गीत चर्चित छन् ।
यस्तै अब्बल दर्जाका चित्रकार, कलाकार समेत रहेका जोशीको निधनमा नेपाली संगीत तथा कला क्षेत्रमा अपुरणीय क्षति भएको मुख्यमन्त्री कार्कीले सामाजिक संजालमा दुख व्यक्त गर्दै लेखेका छन् ।
नेपालको दोस्रो चलचित्र ‘हिजोआजभोलि’ मा नेपालकी पहिलो नायिका भुवन चन्दसँग मूख्य भूमिकामा अभिनय गर्दै अभिनय यात्र शुरु गरेका जोशीले ९ वटा चलचित्रमा अभिनय गरेका थिए ।
कोशी प्रदेशको मौलिक किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रिय स्तरमा चिनाउने काम गर्नुभएका जोशीले नै पहिलोपल्ट चर्चित खण्डकाव्य मुनामदनलाई गीतिनाटकका रुपमा मञ्चन गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले उनले बहुमुखी प्रतिभाको धनी भएको चर्चा गरे ।