एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

५ चैत । फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ। मोसन स्टेडियममा आइतबार राति समपन्न खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअर ६–२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरे। भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १र१ गोल गरे। मोन्टपेलिअरका अर्नाउड नोर्डिन र तेजी टेडीले गोल गरेका थिए। पीएसजीले खेलको १४औँ मिनेटमा भिटिन्हाको गोलमा अग्रता लिएको थियो। २२औँ मिनेटमा एम्बाप्पेले..

व्यावसायिक कफी खेती गर्दै माङसेबुङका याम कार्की

५ चैत, इलाम । प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उनले काम गर्न नै लजाए । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने प्रेरणाका श्रोत बनेका छन् ।..

इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा

५ चैत, इलाम । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताए । उनले भने, ‘राजनीतिक दलहरूले..

माङसेबुङ गाउँपालिका–१ ले गर्यो बेसार प्रर्वधन शुरू

५ चैत, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रर्वधन शुरू गरेको छ। स्थानीय एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारीसँग १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रर्वधन थालेको हो। “कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रर्वधनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ,” वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको..

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा

५ चैत । नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रर्वधन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरुको वर्तमान अवस्था  झल्काउनु र..

इलाम–२ मा हुने उपनिर्वाचनका लागि एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

५ चैत, इलाम । इलाम–२ मा वैशाख १५मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् । शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच..

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

५ चैत, झापा । झापाको हुलाकी राजमार्गमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज–१ मा आइतबार राति सवा ९ बजेको समयतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो..

राष्ट्रपतीय चुनाव आफूले नजिते अमेरिकामा लोकतन्त्रको अन्त्य हुन्छः डोनाल्ड ट्रम्प

५ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते अमेरिकामा लोकतन्त्रको अन्त्य हुन सक्ने बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार आयातित कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले भने, “यदि मैले जितिन भने पूरै देशमा रक्तपात हुन सक्छ ।” रिपब्लिकन पार्टीको राष्ट्रपतीय उमेदवारको दौडमा अगाडि रहेका ट्रम्पले ओहायोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । यसअघि..

मनकामना केबलकार बुधबार बन्द रहने

५ चैत, काठमाडौं । मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ । नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ । वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।

३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छु : अर्थमन्त्री पुन

५ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब रुपैयाँभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको बताएका छन् । आइतबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो बताएका हुन् । उपभोक्ताको किन्न सक्ने क्षमता बढाएको खण्डमा अर्थतन्त्र चलायमान हुने विश्वासका साथ आफूले मन्त्रालय सम्हालेलगत्तै बजारमा रकम पठाउन थालेको उनले बताए । उनले दुग्ध किसानको बक्यौता भुक्तानीका निम्ति आइतबार मात्र ३० करोड रकम पठाइसकेको जानकारी गराए..