इलामका स्थानिय तहमध्ये माङ्सेबुङ गाउँपालिकाको सबैभन्दा कम बेरुजु

इलामका स्थानिय तहमध्ये माङ्सेबुङ गाउँपालिकाको सबैभन्दा कम बेरुजु


५ भाद्र, इलाम । इलाम जिल्लामा सबैभन्दा कम बेरुजु माङ्सेबुङ गाउँपालिकाको महालेखा परिक्षकको प्रतिवेदनले जनाएको छ । महालेखाको प्रतिवेदन अनुसार माङ्सेबुङको आर्थिक बर्ष २०७६/०७७ को बर्षिक परिक्षणमा २.०९ प्रतिशमात्र बेरुजु पाईएको हो । लेखा परिक्षण भएको कुल ७० करोड १४ लाख २६ हजार रुपैयामा १ करोड ४६ लाख ५९ हजार रुपैयाँ अर्थात २.०९ प्रतिश मात्र बेरुजु देखिएको छ ।

यस्तै इलामका १० स्थानिय तहहहरुमा सूर्याेदय नगरपालिकाको २.६१ प्रतिशत, इलाम नगरपालिकाको २.३२ प्रतिशत, देउमाई नगरपालिकाको २.८९ प्रतिशत, माई नगरपालिकाको २.२३ प्रतिशत, रोङ गाउँपालिकाको ३.९८ प्रतिशत, माईजोगमाई गाउँपालिकाको ३.१३ प्रतिशत, सन्दकपुर गाउँपालिकाको २.७५ प्रतिशत, चुलाचुली गाउँपालिकाको २.१५ प्रतिशत र फाकफोथुम गाउँपालिकाको ६.८१ प्रतिशत बेरुजु देखाएको छ ।

१० स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोथुममा आर्थिक वर्ष २०७६/०७७ मा कुल लेखा परिक्षण गरिएको रकमको ६.८१ प्रतिशत बेरुजु देखिएको हो । महालेखा परिक्षकको कार्यालयले फाकफोथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाँको महालेखा परिक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैया बेरुजु देखाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर