समाज

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुईजनाबीच भेटवार्ता भएको हो ।

राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
११ कार्तिक, काठमाण्डौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ । यसअघि गुटरेसले आज नै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए ।..

दशैं मनाउँदा लागेको ऋण तिर्न बोटे समुदय सुन खोज्न त्रिशूली किनारमा
११ कार्तिक, धादिङ । दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास १० कोमलटारीका बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारतर्फ लागेका छन् । ‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीस / चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारतर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ पचपन्न वर्षीया श्रीमती गौमाया, ३५..

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल आइपुगे, यस्तो छ भ्रमणतालिका
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । नेपालको चार दिने भ्रमणका लागि उनी आइतबार बिहान १ बजे नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे। प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इटालीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई..

राष्ट्रसंघका महासचिव पछि कतारका राजा नेपाल भ्रमण आउदैछन्ः प्रधानमन्त्री प्रचण्ड
१० कार्तिक, काठमाण्ठौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् । ’संयुक्त राष्ट्रसंघका महासचिव फर्केपछि कतारको राजा पनि..

राष्ट्रसङ्घका महासचिव गुटरेसले सङ्घीय संसदलाई सम्बोधन गर्ने निश्चित भएपनि आन्तरिक तयारी सुरु
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सङ्घीय संसद्को दुवै सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि आन्तरिक तयारी थालिएको छ । यही कार्तिक १४ गते अपराह्न ४ बजे राष्ट्रसङ्घका महासचिवले नेपालको संसद्लाई सम्बोधन गर्नेबारे सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको छ । गत कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक १२ गतेदेखि १५ गतेसम्म महासचिव गुटरेसले नेपाल भ्रमण गर्ने कार्यतालिका स्वीकृत गरेको थियो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता..

सेनाले दियो धनकुटाको पञ्चेश्वर मन्दिरलाई फलैचा वेन्च
११ कार्तिक, धनकुटा । धनकुटाको हिले स्थित रहेको श्री बक्रकुण्ड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिलाई श्री भिमदल गण सल्लेरीले एक कार्यक्रमका बिच आज ७ वटा वेन्च हस्तान्तरण गरेको छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालचन्द्र गोङवा तामाङलाई कार्यक्रमका प्रमुख अतिथि श्री २ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथि महेश कुमार थापाले सो फलैचा वेन्च हस्तान्तरण गरेका हुन् । वेन्च हःतातरण पछि बाहिनीपति सहायक रथि महेश कुमार थापाले ऐतिहासिक धरोहर एवं सास्कृतिक..

नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने संकेत
१० कार्तिक, काठमाण्डौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ । उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी..

मुगुमा एकै परिवारका ४ जना मृत फेला
१० कार्तिक, काठमाण्डौँ । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् । उनीहरूको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । छायानाथ रारा– ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर मृत भेटिएका हुन् । धारिलो हतियार प्रहार गरी रातिको समयमा चार जनाको हत्या गरिएको..

विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार, एक बालक सहित ३ जना पक्राउ
२९ असोज, विराटनगर । मोरङको विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ । पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।..