महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

१० चैत । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत..

झापाको कनकाईबाट लागुऔषधसहित एकजना पक्राउ

१० चैत, झापा । प्रहरीले झापाको कनकाईबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । बिहिवार राति ८ः४५ बजेको समयमा कनकाई–४ पूर्वपश्चिम राजमार्ग कनकाई पुलछेउमा दमक १ बस्ने २७ वर्षीय छङ राईको साथबाट प्रहरीले विभिन्न लागुऔषधसहित पक्राउ गरेको हो । बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे.१० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो । उनले..

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

१० चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो। केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको जानकारी दिए।हिरासतमुक्त भएपनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। चैत्र ५ गते सोमबार..

झापाको अर्जुनधारामा सुपारी चोर पक्राउ

९ चैत, झापा। झापाको अर्जुनधारामा सुपारी चोर्दै गरेको अवस्थामा बगानबाटै चोर पक्राउ परेका छन् । बिहिवार बेलुकी अन्दाजी ७ बजे अर्जुनधारा–५ फुलबारी टोलस्थित देवि गिरीको सुपाडी बगानबाट काचो सुपारी झारी बोरामा लगाएर लैजादै गरेको अवस्थामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा–७ बस्ने सुनिल राई र अर्जुनधारा–८ बस्ने ‘आलो’ भनिने सुरज मण्डल रहेको प्रहरीले बताएको छ। उनीहरुको साथबाट ५ वटा बोरामा भरेको १..

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने

८ चैत, झापा । अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपियन मुलुक माल्टामा हुने भएको छ । सम्मेलन अप्रिल २७ र २८ तारिख अर्थात आगामी वैशाख १५ र १६ गते हुने भएको हो । समाजको दोस्रो बैठकले तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको एक..

सँगै सुतेको साथीलाई खन्तीले हानेर हत्या

८ चैत, झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहिवार बिहान ५ बजेको हो । कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा..

भिडियो हेर्ने विषयमा विवाद हुँदा घाँटी रेटेर साथीको हत्या

८ चैत, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए । गम्भीर..

ब्राउन सुगरसहित झापामा सात जना पक्राउ

७ चैत, झापा । झापामा लागु औषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका..

चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु

७ चैत, पाँचथर। चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका..

सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न पैदल यात्रा गर्दै प्रहरी

७ चैत, झापा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१÷१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र..