१४ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइँदै

४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन अर्को बृहत् खोप अभियान संचालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असार मसान्तसम्ममा देशभरिका १४ लाखभन्दा बढी बालबालिकालाई एकै पटक इनएक्टिभेटेड पोलियो (आईपिभी) भ्याक्सिन दिने भएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकलाल कर्णले बताए। नेपालमा सन् २०१४ मा यो भ्याक्सिन लगाउन शुरु गरिएको..

भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्रे हुँदै

४ बैशाख, झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्रे भइरहेको छ । सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । इन्जिनियर चौधरीले भद्रपुर–फडानी..

बिर्तामोडमा प्रतिबन्धित लागूऔषधसहित होटल कामदार पक्राउ

४ बैशाख, झापा । झापाको बिर्तामोड बसपार्कमा प्रतिबन्धित लागूऔषधसहित एक होटल कामदार पक्राउ परेका छन् । सोमबार दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो..

अर्जुनधाराका दुई जना स्रष्टालाई ‘दीर्घ साहित्य साधना सम्मान–२०८०’ प्रदान

३ बैशाख, झापा । झापाको अर्जुनधारा नगरपालिकाले त्यहाँका दुई जना स्रष्टालाई दीर्घ साहित्य साधना सम्मान–२०८० प्रदान गरेको छ । नगरपालिकाले एक समारोहकाबीच प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य सम्मान–२०७९ बाट अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० बाट अर्जुनधारा–११ का संगीत साधक हस्त परियारलाई जनही रु. ५१ हजार नगदसहित सम्मान गरेको हो । सम्मानित व्यक्तित्व परियारको परिचय साहित्यकार केशव आचार्य र थापाको परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा..

अर्काको नागरिकता प्रयोग गरेर १६ वटा बैंकमा खाता खोल्ने महिला पक्राउ

२ बैशाख, झापा । अन्य व्यक्तिको नागरिकता र आफ्नो फोटो प्रयोग गरेर १६ वटा बैंकमा खाता खोल्ने एक महिला झापाबाट पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरीको समन्वयमा झापाको शनिश्चरेकी ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेललाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पौडेल फेसबुकमा साथी बनेर विदेशबाट पार्सल पठाएको भनी ठगी गर्ने गिरोहमा संलग्न छिन् । प्रहरीले झापाको बुद्ध शान्तिका ३५ वर्षे निश्चल पोर्तेल र इलामको..

बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला

२ बैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल नजिकै रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएकी देवराज राजवंशिको श्रीमती अन्दाजी ३५ बर्षकी सुनिता मडि मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शनिवार..

नयाँ वर्ष सुरु भएसँगै पुर्वी तराईमा सिरुवा पर्व सुरु

१ वैशाख, झापा । नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा सुरु भएको छ । पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले आजदेखि तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदै आएका छन् । विशेष पर्वका रुपमा मनाउँदै आएको यस सिरुवाअन्तर्गत आज नयाँ वर्षको पहिलो दिन जल (पानी) सिरुवा मनाउने गरिन्छ । २ गते काद सिरुवा र ३ गते रङ सिरुवा खेलेर एकआपसमा..

अवैध धन्दाका लागि युवतीलाई श्रीलंका पुर्‍याउने एजेन्ट गाउँपालिकाकै अध्यक्ष

२९ चैत । भारतमा रोजगारीको अवसर देखाउँदै प्रलोभनमा पारेर नेपाली युवतीहरूलाई अवैध धन्दामा लाग्न बाध्य घटना सामान्य बन्दै गएका छन् । तर, पछिल्लो समय दलालहरूले भारत हुँदै तेस्रो मुलुकमासमेत नेपाली युवतीहरूलाई अवैध धन्दाकै लागि पठाउने गरेको खुलेको छ । कुवेतमा घरायसी कामका लागि रोजगारीको अवसर देखाउँदै श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाउने गरेको तथ्य खुलेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्याएर यौन धन्दामा लगाएको आरोपमा एक..

कृषि क्षेत्रमा प्रगति गर्दै बिर्तामोड

२९ चैत, झापा । स्थानीय तहको पहिलो निर्वाचनपछि बिर्तामोड नगरपालिकाले विभिन्न क्षेत्रहरुमध्ये कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएको कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । उहाँका अनुसार निर्वाचनपछि जनप्रतिनिधिहरुले कृषिलाई हेरेको सकारात्मक दृष्टिकै कारण बिर्तामोडले कृषि क्षेत्रमा प्रगति हासिल गरिरहेको छ । सुरुवाती चरण मै नगर क्षेत्रका कृषियोग्य जमिनमा अनिवार्य सिँचाई सुविधा पुर्याउने र पूर्वकै ठुलो बजार बिर्तामोडलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सँगै किसानलाई नियमित आइपर्ने..

हल्दिबारीका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध जातीय भेदभाव कसुरमा उजुरी दर्ता

२९ चैत, झापा । नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय विभेद भएको भन्दै उजुरी दिएका छन् । अग्रज दलित अभियान्ता समेत रहेका पोर्तेलले हद्यिलवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध उजुरी दिएका हुन् । गिरी विरुद्ध पोर्तेलले आज इलाका प्रहरी कार्यालय अनारमनीमा जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार उजुरी दिएको बताए । घटना विवरण अनुसार गत १८..