इलामेली समाज दक्षिण कोरियाद्वारा ३० लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

२६ चैत । इलामेली समाज दक्षिण कोरियाले इलाम जिल्लाका १० वटै स्थानीयतहका ग्रामीण क्षेत्रमा ३० लाख बाराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ गत वर्ष सेक्टेम्बर ३० तारिकमा समाजद्वारा ‘इलाम चियाबारी साँगीतिक धमाका २०२३’ कोरियामा आयोजना गरेको थियो । नेपाली कलाकारहरु कोरियामा लगेर सांगीतिक कार्यक्रमको गरेको यस कार्यक्रमबाट बचेको रकम जिल्लाको चार नगरपालिका र छ गाउँपालिका गरी जम्मा १० वटा स्थानीयतहमा सामाग्री पुर्याएको समाजका पुर्व..

जनकपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

२६ चैत, जनकपुरधाम । जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए। उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो । हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा २४ वर्षीय अर्जुन..

विराटनगरमा निशुल्क तीन महिने ब्यूटिसियन तालिम सुरु

२५ चैत, विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ। विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सान्दर्य कला व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो सिपमुलक तालिमले ठूलो सहयोग पुर्याउने बताइन् ।..

बिर्तामोडको लघुउद्यम कार्यक्रम : कोशेली र गृहिणी अचार बजारमा

२५ चैत, झापा । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले सीप सिकाएका महिलाहरुले दुई वटा ब्राण्डमा अचार उत्पादन गरिरहेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ९ मा कोशेली अचार र वडा नं. ४ मा गृहिणी अचार उत्पादन भइरहेको उद्यम विकास सहजकर्ता कल्पना शिवाकोटीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष र त्यसभन्दा अघिल्लो वर्षमा अचारको तालिम दिइएको थियो । वडामा महिलाहरुको समूह गठन गरेर ८ दिने उद्यमशिलता तालिम सञ्चालन गरिएको..

काठमाडौँ महानगरपालिमा गरिब घरपरिवारको गणना सुरु

  २५ चैत । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए । उनले भने, “बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार..

छुरा प्रहारबाट गम्भिर घाइते भएका बिर्तामोडका मुर्मुको सफल उपचार

२४ चैत । चैत १३ गते बेलुकी बिर्तामोडको पश्चिमबस स्टेण्डमा भएको छुरा प्रहारको घटनामा गम्भिर घाइते भएका बिर्तामोड ३ का २३ वर्षीय सुनिल मुर्मु भनिने सुनिराम मुर्मुको बिर्तामोडको स्पाइन एक्स अस्पतालमा सफल उपचार भएको छ । बिर्तामोड ३ मा सञ्चालित स्पाइन सुपर स्पेसलिटी हस्पिटल ट्रमा सेन्टरले मुर्मुको सफल उपचार गरेको जनाएको छ । गत चैत १३ गते बिर्तामोड १ स्थित पश्चिम बस स्ट्याण्डमा साँझ छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका..

रविविरुद्ध पक्राउ पुर्जी जारी

२३ चैत । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रकृया अघि बढाएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले..

तीनघरे–शान्पिुर–झापा सडकको अवलोक गर्दै पूर्वप्रधानमन्त्री खनाल

२३ चैत, झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रका सडकको अवलोकन गर्नुभएको छ। बिहीबार पूर्वप्रधानमन्त्री खनालले तीनघरे–शान्पिुर–झापा सडकको अवलोक गर्नुभएको हो । उहाँले तीनघरे–शान्पिुर–झापा सडकलाई पक्की सडकको रूपमा अघि बढाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । ‘यो बाटोको ट्र्याक खोल्ने पहल पनि मैले नै गरेको हो अब बाह्रै महिना चल्ने सडक भइसक्यो यसलाई पिच गरेर यस भेगका जनातको जीवनस्तर उकास्न सरकारसँग पहल गर्छु,–उहाँले..

वीरगञ्ज महानगरले नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालन गर्दै

२३ चैत । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज..

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

२२ चैत, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।