झापाको मेचीनगरले उठायो १३ करोड ५२ लाख आन्तरिक राजस्व

१४ साउन, झापा । झापाको मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०।८१ मा रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रुपैँया आन्तरिक राजस्वसङ्कलन गरेको छ । आव २०७९।८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो । नगरका राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९।८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय..

बाढी र पहिरोमा ११ वर्षमा ६५४ बेपत्ताः न सास ! न लास !

१४ साउन, काठमाण्डौँ । असार ३१ गते बिहान चितवनको सिमलतालमा माथिबाट पहिरो झरेर त्रिशूली नदीमा खसेका दुइटा लामो दुरीका यात्रुबाहक बस अझै भेटिएका छैनन् । दुइटा बसमा रहेका ६५ जना बेपत्ता भएकामा २५ जनाको शव भेटिएको छ । आफन्तले बाँकीको शव पाउने आशा भने मारेका छैनन् । घटनास्थलभन्दा करिब १०८ किलोमिटरको दुरीमा पर्ने त्रिवेणीमा १३ जनाको शव भेटिएको थियो । १६० किलोमिटर दुरीमा पर्ने भारतीय क्षेत्रमा २ वटा शव भेटिएका..

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद र ६९ लाख जरिवाना

१३ साउन, काठमाण्डौँ । सर्वाेच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै..

नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै, तेस्रो मुलुकमा माग उच्च

१३ साउन, इलाम । कोरोना महामारीको संक्रमणपछि थलिएको नेपाली तयारी चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदैछ । यो वर्ष तेस्रो मुलुकमा तयारी चियाको माग उच्च रहेको व्यवसायीले बताएका छन् । लामो समययता अर्गानिक चिया उत्पादन गरेर विदेशमा बेचिरहेका जस्बिरेका व्यवसायी सरद सुब्बा यो वर्ष तयारी चियाको माग राम्रो आएको बताउँछन् । ‘यो साल विदेशी व्यापारीले पहिल्यै पैसा पठाएर चिया बुकिङ गरेका छन् । सुइरोबाट बन्ने चिया त मागअनुसार दिनै मुस्किल छ,’ सुब्बाले..

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे, इलाममा चार दशमवल दुई सय किलोमिटर ग्राभेल

१३ साउन, झापा । झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०।८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो । समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् । झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत,..

Girl missing after jumping into the Mahakali River

A teenage girl went missing after jumping into the Mahakali River on Saturday evening. According to District Police Office Darchula Police Inspector Gyanendra Bahadur Singh, 17-year-old Dhanisha Kunwar went missing in the Mahakali River in Ringne Lake area of Mahakali Municipality-4 of Darchula. Originally from Duhun Rural Municipality-4 Dara, she was staying in her sister's house at Mahakali Municipality-4, currently. The teenage girl was swept away by the swollen Mahakali River. The..

झापामा काटियो महसुल नबुझाउने ११ सय ग्राहकको लाइन

१३ साउन, झापा । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०।८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत जडान गरिएको बताउनुभयो । उहाँका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ । “विद्युत काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र..

रोङ गाउँपालिकामा एक विद्यार्थी १ रुपैया कार्यक्रम, १९ लाख बढी रकम बचत

१३ साउन, इलाम । इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपैयाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । अध्यक्षसँग..

सिमलतालबाट हराएको बस भेटिएन, भारतीय उद्धार टोली आज फर्किने

१३ साउन, चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु सिमलतालबाट हराएको बस नभएको पुष्टि भएको छ । स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस होइन । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो..

आगामी तीन दिन रातिको समयमा भारी वर्षाको सम्भावना

१३ साउन, झापा । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै–कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक–दुई स्थानमा अति भारी..