समाज

नेपाल प्रिमियर लिग आउँदो मंसिर १५ गतेदेखि हुने
३ भदौ, काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो । क्यानले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ । सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।

महावीर पुनले विक्री गरे १ लाख २५ हजारको किताब
३ भदौ, हेटौंडा । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख रहेका डाक्टर महाविर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना संचालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ । दुईसय दिनको अभियानमा पुनले २ हजार ८ सय ४० किलोमीटरको यात्रा पूरा गर्दै १ लाख २५ हजार वटा किताब बिक्री गरेका छ्न । कारखाना संचालनको लागि सरकारबाट पर्याप्त सहयोग नमिलेको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखानाको..

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
३ भदौ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार..

आज रक्षाबन्धन, जनैपूर्णिमा: रक्षासूत्र बाँधेर मनाईदैँ
३ भदौ, काठमाण्डौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु..

मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट बहिरङ्ग सेवा सुरु
२ भदौ, झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गर्नुभएको हो । अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताउनुभयो । “भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री..

यो सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो : प्रधानमन्त्री ओली
२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने दोहोर्याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमाले निकट नेपाल खेलकुद महासंघको कार्यक्रममा सम्बाेधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए । ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार..

नक्कली लाइसेन्समा अख्तियारले अघि बढायो अनुसन्धान
२ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागको प्रणालीभित्र छिरेर नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ । ०७२ सालयता जारी भएका १ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली आशंका गरिएपछि त्यसमा संलग्न कर्मचारीहरूमाथि अनुसन्धान अघि बढाइएको हो । केही महिनाअघिबाट सुरु अख्तियारको अनुसन्धानका क्रममा देशभरका यातायात कार्यालयबाट जारी भएका लाइसेन्सको विवरण मागिएको छ । यातायात व्यवस्था विभाग र प्रदेशअन्तर्गत रहेका सबै यातायात व्यवस्था..

स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न कार्यविधि स्वीकृत
भाद्र २, काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले गएको साउन ३० मा कार्यविधि स्वीकृत गरेको हो । विनियोजन विधेयकअनुसार कार्यविधि ल्याइएकाले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न हरेक वर्ष कार्यविधि स्वीकृत गर्नुपर्ने व्यवस्था छ । कार्यविधि स्वीकृत भइसकेकाले चालु आर्थिक वर्षका लागि पनि कर्जा प्रवाहका लागि छिट्टै प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ । गत वर्ष भौतिक रूपमै उपस्थित भएर आवेदन दिनुपर्ने व्यवस्था..

तेस्रो लिङ्गीको नाममा चन्दा आतङ्क
२ भदौ, झापा । झापामा तेस्रो लिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका सम्वेदनशील अंग देखाउने कार्यले स्थानीय आतङ्कित बनेका छन् । तेस्रो लिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् । शुक्रबार साँझ बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरूले जबर्जस्ती रकम असुल्न खोजेका थिए । पाँच हजार सहयोग मागेकोमा आफूहरूले त्यति दिन नसक्ने बताएपछि तथानाम..

परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै
२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आरजु नयाँदिल्ली जान लागेकी हुन् । भारतमा रहँदा उनले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । विदेशमन्त्री..