भारतको अवरोधले १५ दिन देखि नेपाली बस्तु काकरभिट्टा नाकामा अलपत्र

५ आश्विन, झापा । भारतको पश्चिम बंगाल प्रदेश सरकारले १५ दिनदेखि निर्यात अवरोध गर्दा नेपालबाट भारत निर्यात हुन लागेका २२ ट्रक नेपाली उत्पादन मेची पुलमा अलपत्र परेको छ । अहिले दैनिक रुपमा भारतबाट आयात हुने सामानहरु नेपाल आयात भईरहेका छन । तर नेपाली वस्तु निर्यात गर्न भारतले अवरोध गरेको छ । जसका कारण नेपाली व्यवसायीले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको छ । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका एक व्यवसायीका अनुसार नेपालको..

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापामा बन्ने कोरोना ल्याबका लागि २५ लाख सहयोग गर्ने घोषणा

५ आश्विन, झापा । वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्यावका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । समाजको हिजो साँझ बसेको अनलाइन बैठकले सो ल्याव निर्माणका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय भएको हो । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याव स्थापनाका लागि अभियानले रकम संकलन सुरु गरेको थियो । अभियानको विशेष आग्रह तथा समाजले..

विदेशबाट २४ जनाको शव नेपाल ल्याइँदै, बोर्डले घरसम्म र्पुयाइदिने

५ आश्विन, काठमाण्डौँ । कतारबाट आज २० नेपालीको शव ल्याइने भएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको शव दिउँसो काठमाण्डौ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा मृतकका सम्बन्धित रोजगारदाताले पठाइदिएका हुन् । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको..

विद्युत महशुलमा ठगी गरेको भन्दै चुलाचुलीका दुई जना कर्मचारी माथी छानविन

४ आश्विन, इलाम । ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै २ जना कर्मचारीमाथी नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले अनुसन्धान सुरु गरेको छ । इलाम वितरण केन्द्र मातहतको चुलाचुली फ्युज सेवा अन्र्तगत वडा नं १ का ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै दैनिक ज्यालादरी कर्मचारी डिल्लीराम खतिवडा र गोटागन्ती मिटर रिडर रन्जु खतिवडा विरुद्ध वितरण केन्द्रले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । उनीहरु विरुद्ध उजुरी परेपछि वितरण केन्द्रका इलामबाट लेखा..

नेपालमा आज मात्र थपिए ६ सय ७१ जना कोरोना संक्रमित

४ आश्विन, काठमाण्डौँ । नेपालमा आज मात्र ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ५ सय ९१ पुरुष र ८० जना महिला छन् । कुल संक्रमितमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला छन् । पछिल्लो समय विदेशबाट नेपालीहरु आउने क्रम..

भारतीय हस्तक्षेपको वावजुद पनि माईजोगमाईको तुम्लिङमा पार्क निर्माणकार्य सुरु

४ आश्विन, इलाम । इलामको माईजोगमाई गाउँपालिका वडा नं. २ स्थित पर्यटकियस्थल तुम्लिङमा भारतीय सिमा सुरक्षा बल (एसएबी) ले अवरोध गरेको पार्क निर्माण जनताले पुनः निर्माण गर्न सुरु गरेका छन् । चैत्र महिनाबाट रोकिएको काम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले सुचारु गरेको हो । पटक पटक जिल्ला प्रशासन कार्यालय, शसस्त्र प्रहरी गण इलाम, सिमा सुरक्षा बल पशुपतीनगर र सिमा प्रशासनलाई अवरोध फुकाउन बारम्बार जानकारी गराएपनि चासो नहुँदा..

कमलको क्वारेन्टाइनका बसेका १९ जनालाई घर पठाइयो

४ आश्विन, झापा । झापाको कमल गाउँपालिका–३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १९ जना नागरिकको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि आज सामुहिकरुपमा विदाई गरिएको छ । भारतको विभिन्न शहरबाट आफ्नो घर आएका नागरिकलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाइन राखिएको थियो । क्वरेन्टाइनमा राखिएका सबै नागरिकको पिसिआर नतिजाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सामुहिक विदाई गरिएको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले उनिहरुलाई विदाई गर्दे भन्नुभयो –‘कोभिड १९ को संक्रमणबाट..

रुकुम हत्याकाण्ड भएको घटनास्थल पुग्यो प्रदेश–१ का दलित अधिकारकर्मीको टोली

४ आश्विन, रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध हत्या गर्नेगरी भएको नरसंहारका पींडितहरुको पक्षमा ऐकबद्धता जनाउन प्रदेश–१ का अग्रज दलित अधिकारकर्मीहरुको टोली घटनास्थलमा पुगेको छ । प्रदेश–१ का सबै १४ वटै जिल्लाहरुमा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकाएर घटनास्थल पुगेको टोलीमा दलित अधिकारकर्मीहरु नवराज शंकर (इलाम), हुकुमसिंह नेपाली (झापा), उमेश विश्वकर्मा (मोरङ्ग) र हरि पोख्रेल दर्जी (झापा) रहेका छन्..

कनकाईका समाजसेवी थापाले बाडे १७ सय परिवारलाई राहत

४ आश्विन, झापा । झापाको कनकाई नगरपालिका ४ कोटीहोमका मनकुमार लकान्द्री सवारी चालक थिए । उनको कमाईमा परिवार राम्रोसँग पालिइएको थियो । सबै खुसि थिए । तर उनको खुसिमा एक्कासी बज्रपात पर्याे । कारण थियो उनले चलाएको गाडी दुर्घटनामा पर्याे । उनि गम्भिर घाईते भए । उनलाई बचाउन परिवारले हरसम्भव प्रयास गरे । उनको उपचार गर्न काठमाडौको ग्राण्डी लगायतका अस्पालमा लगियो। उनिहरुसँग भएका सबै जग्गाजमिन पनि सकियो । अन्तमा उनि..

होम वायो ग्यास प्रविधिले धनकुटाका किसानहरुलाई दोहोरो फाइदा

४ आश्विन, धनकुटा । धनकुटानगरपालिका र यूएनडिपिको आर्थिक सहयोगमा तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगरका ४२ घरधुरी किसानलाई नगरपालिकाले होम वायो ग्यास प्रविधि वितरण गरेकोे छ । धनकुटानगरपालिकामा अहिले स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भइरहेको छ । सोहि कार्यक्रम अन्र्तगत कार्वन उत्सर्जन कम गरि वातावरण जोगाई नमुना गाँउ निर्माणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरी ग्यास उत्पादन गर्न मिल्ने सजिलो प्रबिधि (होम वायो ग्यास प्रबिधि) २० लाख रुपैँयाको लागतमा ९५..