बिर्तामोडमा सडेको अवस्थामा पुरुषको शव फेला

६ जेठ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो । आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो । शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

श्रमदानमा जुट्दै माङसेबुङबासी

  ६ जेठ । इलामको माङसेबुङ गाउँपालिकाबासी श्रमदानमा जुट्न थालेका छन् । ‘हप्ताको ६ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि’ भन्ने मूल नाराका साथ स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको अगुवाईमा श्रमदानमा जुट्न थालेका हुन् । समूहले सुरूवात गरेको श्रमदान अभियानमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङसहित विभिन्न वडाबाट सहभागिता सुरु भएको छ । समूहले शनिबार दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) अन्तरगत माङसेबुङ गाउँपालिका-२ र ३ को सीमानामा पर्ने भोटेडाडाँ हुँदै..

 बिरिङ र निन्दा नदीमा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान

६ जेठ, झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण..

तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर सडकमा

६ जेठ, झापा । गत फागुन महिनादेखि तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर आन्दोलनमा उत्रिएका छन् । शनिवार र्यालीसहित तलव भुक्तानीको माग गर्दै पहिलो चरणको आन्दोलन सुरु गरेका हुन् । मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो । श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो । नेपाल कृषि तथा बगान..

मोरङमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

६ जेठ । मोरङको विराटनगर महानगरपालिका–१८ स्थितमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय राज शर्मा छन् । शनिबार दिउँसो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु

६ जेठ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । सञ्जय ग्वार्काेस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा थिए..

वडा नं. ११ ले जित्यो शिवसताक्षी मेयर कप फुटबलको उपाधि

६ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी वडा नं. ११ ले जितेको छ । वडा नं. ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ११ ले उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । उपाधि हात पारेसँगै वडा नं. ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ..

विराटनगर भित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला

५ जेठ । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गर्नुभयो..

ललितपुर चोरीको घटनामा संलग्न ६ जना पक्राउ

५ जेठ । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोन लगायतका धनमालहरु चोरी गर्ने ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका वडा नं४ गौसरा स्थायी घर भई ललितपुर महानगरपालिका वडा नं १५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापा..

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

५ जेठ । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको..