समाज

अनेरास्ववियुको सचिवालय (खुल्ला तर्फको) पदमा इलामका नितेश राईको उम्मेद्वारी
काठमाण्डौ । बिगत लामो समय देखी विद्यार्थी राजनितीमा सक्रिय इलामका बिद्यार्थी नेता नितेश राईले अनेरास्ववियुको खुल्ला तर्फको सचिवालय सदस्य पदमा उम्मेद्वारी दिएका छन । काठमान्डौको किर्तिपुरमा जेठ २५ गते देखी अधिवेशन जारी छ । सबै नेता तथा प्रतिनिधीहरुको सल्लाहमा सचिवालय पदमा उम्मेद्वारी दिएको उनले बताए । इलामका बिद्यार्थी नेता राई अनेरास्ववियुको इकाई कमिटी, पालिका कमिटी, निर्वाचन क्षेित्रय कमिटी हुदै जिल्ला सदस्यमा निर्वाचित भएका थिए । सो पछी उनि जिल्ला कमिटीको..

करेन्ट लागेर जंगली हात्तीको मृत्यु
२० बैशाख, झापा । झापा जिल्ला अन्तर्गत कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। गए रातिको समयमा हात्तीले जंगलभित्र रहेको फलामको विद्युत पोलमा धक्का दिँदा माथिको तार सर्ट भएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा हात्तीको सुुँड र एउटा दाँत जलेको अवस्थामा मृत भेटिएको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ। घटनालगत्तै घटनास्थललाई सुरक्षित राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सव–डिभिजन वन..

हत्या प्रयासको आरोपमा फरार दिलिप कुमार पक्राउ
२० जेठ, झापा । झापा र सप्तरी प्रहरीको संयुक्त प्रयासमा श्रीमतीलाई बिष सेवन गराई हत्या प्रयास गरेको आरोपमा फरार रहेका दिलिप कुमार मरिक डोम पक्राउ परेका छन् । सप्तरी शम्भुनाथ नगरपालिका–२ स्थायी घर भई हाल झापाको दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलिपले २०८१ साल चैत १० गते बिहान करिब ८ बजे आफ्नी श्रीमती रेणु मरिकलाई बिष सेवन गराई ज्यान मार्ने प्रयास गरेका थिए । घटनापछि फरार..

कोशी पर्यटन वर्षको अवसरमा सुर्योदयमा पत्रकारलाई विशेष तालिम सुरु
१९ जेठ, झापा । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सार्थक बनाउने उद्देश्यसाथ पत्रकारलाई लक्षित गर्दै इलामको करफोकमा तीन दिने विशेष तालिम सुरु गरिएको छ । तालिमले पत्रकारको कलम र क्यामेरा मार्फत प्रदेशका पर्यटकीय सम्भावना उजागर गर्ने विश्वास गरिएको छ । सुर्याेदय नगरपालिका–११ स्थित खलङगा सामुदायिक होमस्टे परिसरमा सुरु गरिएको तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ३५ जना पत्रकार सहभागी भएका छन् । उनीहरूलाई पर्यटन पत्रकारिता, स्थानीय..

झाँकीसहित सुरू भयो एमालेको र्याली (तस्बिरहरू)
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ । बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् । प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ । भृकुटीमण्डपबाट र्याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम..

पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’ उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार..

मुख्यमन्त्री कार्कीद्धारा प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन
१४ जेठ, झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । कमल गाउँपालिका–७ गेउरियामा रहेको सो आयुर्वेदिक अस्पतालको मुख्यमन्त्री, स्वास्थ्य मन्त्रीसहितको सरकारी अधिकारीहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो । मन्त्रीसहित कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतका सहभागि हुनुहुन्थ्यो । निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सेवाका विषयमा अस्पतालका..

दमक नगरपालिकाको कार्यालयमा सामुदायीक विद्यालयको तालाबन्दी
२३ वैशाख, झापा । झापाको दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी दमक–९ को समुदायीक विद्यालय सरस्वती माविले गरेको हो । आफ्नो विद्यालयको नाममा दमक–८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविले मंगलबार तालाबन्दी गरेको हो । विद्यालयको नाममा जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ । सो विद्यालयलाई नयाँ शैक्षिकसत्रदेखि हटाउने गरी गत भदौमा दमक नगरपालिकाले निर्णय..

झापामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु
२३ वैशाख, झापा । झापा जिल्लामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७..

झापाको महारानीझोडाको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना
२३ वैशाख, झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन् । कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिघा जग्गा समेटेर..