विशेष

जलपाईगुडीमा यात्रुवाहक रेल मालवाहक रेलसँग ठोकिँदा पाँच जनाको मृत्यु
३ असार । नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ। कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडी तिर आउँदै गरेको मालवाहक रेल बिहान साढे ९ बजे एकापसमा ठक्कर खाएका थिए । दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले घटनाको पुष्टि गर्दै दुई दर्जन बढी यात्रु घाइते भएको जनाए। ठक्करपछि रेलका तीनवटा डब्बा लिगबाट..

मेयर बालेन ब्राजिल प्रस्थान
३ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।..

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता
३ असार । भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा सवार ६ जना बेपत्ता भएका छन्। अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल रहेको बताइएको छ । बारहका एसडिएम शुभम कुमारले भन्नुभयो, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने..

पोल्यान्डविरुद्ध नेदरल्यान्ड्सको २–१ को पुनरागमन जित
३ असार । नेदरल्यान्ड्सले युरोकपअन्तर्गत समूह डी को पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ। जर्मनीको भोक्सपार्क स्टेडियममा आइतबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोल्यान्डविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। खेलमा १–० गोलले पछि परेको नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र वाउट वेघोरएसडीले गोल गरे। पोल्यान्डका एडम बुक्साले गरेको पहिलो गोल सान्त्वना बन्यो। जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड् समूह डी को शीर्ष स्थानमा रहेको छ। पराजित पोल्यान्ड भने पुछारमा छ। यस..

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने प्रधानमन्त्री ‘प्रचण्ड’को भनाई
३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन्। सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको बताएका हुन्। रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका हुन्। ‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि..

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्- ओलीजीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो
३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीले सरकारको साच्चै विरोध नगरेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूको जिज्ञासा मेटाउने क्रममा उनले यस्तो बताएका हुन्। विमानस्थलमा पत्रकारहरूले अध्यक्ष ओलीले सरकारप्रति विरोध जनाएकोबारे सोधेका थिए। पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डलाई उथलपुथल गर्ने बेला भएको त छैन भनेर पनि सोधेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको बताएका थिए। ‘विरोध जस्तो मात्रै गर्नुभएको..

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद
३ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। यस पर्वका अवसरमा..

शिबसताक्षी–१ धरमपुरस्थित मिनी पार्क निर्माण गर्न स्थानीयवासी जुटे
३ असार । शिबसताक्षी–१ धरमपुरस्थित हाइवे (लोकमार्ग) उत्तरतर्फ धरमपुर सार्वजनिक सौचालयको क्षेत्रलाई मिनी पार्क बनाउन स्थानीयवासीहरु सक्रियता देखाएका छन्। बैदेशिक रोजगारीमा रहेका धरमपुरका युवाहरुले बिदेशबाटै आर्थिक सहयोग जुटाएपछि धरमपुरमा सार्वजनिक सौचालय निर्माण भएको हो । धरमपुर घर भएर रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा कार्यरत युवाहरुले सहयोग संङ्कलन गरेर निर्माणकार्य सम्पन्न भएको सौचालय हाल सञ्चालनमा आइसकेको छ । महिला तथा पुरुषहरुसहित अपाङ्गमैत्री सो सौचालयसहित भलिबल कोर्टसहित पार्क निर्माणमा यहाँका जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, बजारका..

सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ
३ असार, पाल्पा । पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जनाएको छ । उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी..

सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी
३ असार । नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२..