गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

३ असार । भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा सवार ६ जना बेपत्ता भएका छन्।

अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल रहेको बताइएको छ ।

बारहका एसडिएम शुभम कुमारले भन्नुभयो, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने छ जना बेपत्ता भएका छन् ।”

प्रतिक्रिया:

सम्बन्धित खवर