३ असार । नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ।
कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडी तिर आउँदै गरेको मालवाहक रेल बिहान साढे ९ बजे एकापसमा ठक्कर खाएका थिए ।
दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले घटनाको पुष्टि गर्दै दुई दर्जन बढी यात्रु घाइते भएको जनाए।
ठक्करपछि रेलका तीनवटा डब्बा लिगबाट बाहिरिएका थिए ।