७२ जिल्लामा फैलियो डेंगु

५ असार । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । बागमती प्रदेशमा ४०३, कोशीमा २७७,..

नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न एमाले सांसद पन्तको प्रस्ताव

५ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न प्रस्ताव गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने उनको भनाइ छ । ‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘तयसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ,..

आईसीसी टी-२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी छैटौं स्थानमा उक्लिए

५ असार । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन्। आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए । वरियता सुधार्ने क्रममा दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्र्दै पहिलो स्थानमा उक्लिएका छन् ।..

झापाका तीन पालिका २८ घण्टायता अन्धकार

५ असार । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन्। चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पुर्याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको हो । सोमबार राति परेको चट्याङले विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत तीनवटा पालिकाको विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । सदरमुकाम चन्द्रगढीमा समेत विद्युत सेवा छैन । चट्याङले बिर्तामोड..

मेलम्ची खानेपानीलाई एडीवीले २ अर्ब अनुदान दिने

५ असार । एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ। सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले २..

बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको हो ?-अमरेशको प्रश्न

५ असार । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे । ‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’,..

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

५ असार । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ। दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख..

गायिका अस्मिता र महेशले गरे दुबईमा इन्गेजमेन्ट

५ असार । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’

अविरल बर्षाका कारण ताप्लेजुङमा मानवीयसँगै लाखौंको भौतिक क्षति

५ असार । ताप्लेजुङमा १० दिनदेखि अविरल परेको पानीले मानवीयसँगै लाखौंको भौतिक क्षति भएको छ। गत जेठ २७ गतेदेखि असार ५ गते बिहानसम्म अविरल रुपमा पानी परिरहेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवी रावलले अहिलेसम्म संकलन गरिएको विवरण अनुसार पहिरोमा परि दुई पुरुष र तीन महिलासहित पाँच जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमका ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती..

भरतले पेरिस पारालिम्पिक खेल्ने

५ असार । नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई पत्र पठाएर भरतको सहभागिता निश्चित गरेको हो । भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा  प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने  छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन्..