विशेष

यातायात कार्यालय झापाले ११ महिनामा ८५ करोड ७५ लाख राजस्व सङ्कलन गर्यो
११ असार, झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार सात सय..

कोशी प्रदेश सरकार विरुद्धको केदार कार्कीको रिट खारेज
११ असार, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार..

चुलाचुली ६ को सार्वजनिक सुनुवाई कार्यक्रम रमितेमा सम्पन्न
११ असार, इलाम । चुलाचुली गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाई कार्यक्रम रमिते (साकफारा)मा सोमबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा ६ नं. वडा सम्पर्क कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा ४० जना बढीको उपस्थिति थियो । कार्यक्रममा ६ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए..

बिर्तामोड नगरपालिकाको १ अर्ब ३९ करोड ९६ लाखको बजेट प्रस्तुत
११ असार, झापा । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को दोस्रो नगर सभाको पाचौं अधिवेशनबाट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । ‘उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास र सुशासन सहितको समृद्धि’ भन्ने मूल नारासहित नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका हुन् । संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ..

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु
११ असार, झापा । झापाका छुट्टा–छुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासंगै आज बिहान परेको चट्याङले लागेर कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय लीला भनिने विकास गिरीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान खेतमा काम गर्ने क्रममा उनीहरु माथि चट्याङ परेको थियो । चट्याङ लागेर घाइते भएका खड्कालाई उपचारको लागि..

गण्डकी सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने एमाले सांसदको चेतावनी
११ असार, कास्की । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसद कृष्ण पाठकले प्रदेश सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने चेतावनी दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले प्रदेश सरकारले बजेट नसच्याए बजेट पुस्तिा च्यात्नेमात्र नभई आगो लगाईदिने धम्की दिएका छन् । ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकले..

बजेटमा उठेका विषयहरूलाई समेट्ने प्रयास हुँदैछः प्रधानमन्त्री प्रचण्ड
११ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा उठेका विषयहरूलाई पनि समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ। मैले अर्थमन्त्रीलाई पनि भनेको..

‘दान्भी’लाई मल्टिप्लेक्समा ६ वटा शो, पाँच वटा टिकटमात्र बुकिङ
१० असार, काठमाण्डौँ । चलचित्र ‘दान्भी’ गत शुक्रबार रिलिज भएको हो । चलचित्रमा पूजा शर्मा मुख्य भूमिकामा छिन् । रिलिज भएको दिन शुक्रबार र शनिबार केही हलमा राम्रै व्यापार गरेको यो चलचित्र अहिले भने बक्सअफिसमा कमजोर देखिएको छ । मंगलबार (भोलि)का लागि काठमाडौं उपत्यकामा देशकै ठूलो मल्टिप्लेक्स चेनले यो चलचित्रलाई ६ वटा शो दिएको छ । भाटभटेनी भक्तपुरको क्यूएफएक्समा दुई, छाया सेन्टरमा एक, सिभिल महलमा दुई र लाभिममा क्यूएफएक्सले एक..

प्रधानमन्त्रीलाई पनि नपत्याउने मुख्य सचिव अन्ततः राष्ट्रिय योजना आयोगमा थन्किए
१० असार, काठमाण्डौँ । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नेपालको इतिहासमा पहिलो पटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुख्यसचिव विरुद्धको भ्रष्टाचार मुद्दालाई लिएर सरकारको पनि आलोचना सुरु भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यसचिव अर्याललाई..

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा ‘डग च्यू’ अर्थात छुर्पी
१० असार, काठमाण्डौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् । अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ । उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज..