विशेष

नेपाललाई पराजित गर्दै हङकङ एसीसी इमर्जिङ टिम्स एशिया कपमा
९ बैशाख । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो। योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ। नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्यो। हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।..

जीवन विकास स्वयमसेवक दिवसको अवसरमा पञ्चमी बजार सरसफाइ साथै डस्टबिन वितरण
८ बैशाख । जीवन विकास स्वयमसेवक दिवसको अवसरमा सरसफाइ गर्नुका साथै डस्टबिन वितरण गरिएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखाको आयोजनामा पञ्चमी बजार सरसफाइ गरी बजारलाई डस्टबिन वितरण गरेको हो । शाखा प्रमुख नगेन्द्र कार्कीका अनुसार लगभग ६० जनाको उपस्थितिमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी डस्बिन वितरण गरेर बजार सरसफाइ गरेको हो । उनले संस्थाका विभिन्न अवसरहरुमा समाजसँग नजिक हुने कार्यहरु गर्ने बताए। कार्यक्रमका प्रमुख..

नेपाली ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने
८ बैशाख । नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने भएका हुन् । बर्मासहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका हुन् । मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा हुनेछ ।

राजतन्त्र फर्काउन सम्भव छैनः ओली
८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् । शनिबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरेका हुन् । अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रको..

माधव नेपाल भन्छन्- नेकपा एसलाई कमजोर ठाने देशमा अर्काे उथलपुथल हुन्छ
८ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृहजिल्ला रौतहटमा रहेका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्काे उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी..

कोशी प्रदेशका अस्पतालहरुमा रगतको अभाव
८ बैशाख । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए । उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित..

सुनकोसी-मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा
८ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक..

सगरमाथा आरोहण गर्नेबाट ५० करोड भन्दा बढी राजस्व सङ्कलन
८ वैशाख । वसन्तयाममा सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्नेबाट ५० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवद्र्धक रुपमा आरोही आइरहेको बताए । उनका अनुसार सगरमाथा आरोहीबाट..

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
८ वैशाख । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिनुभएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ को व्यवस्था र स्थानीय प्रशासन ऐन २०२८ को दफा १० (क) को प्रबन्ध स्मरण गराउँदै सबै स्थानीय प्रशासनलाई हालसम्म भएका कामको विवरण मन्त्रालयमा पठाउन..

काँकरभिट्टा–लौकही सडक खण्ड स्तरोन्नतिको काम सुरु
८ बैशाख, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ । काँकरभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ । आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ ।..