घाँटीको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा चोर पक्राउ

११ बैशाख, झापा । पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्ने एकजनालाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१३ तेलीबारीका ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । मेचीनगर–१२ निवासी रचना आङदम्बेले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर राजवंशी फरार भएका थिए । पीडितले लगत्तै प्रहरीमा उजुरी दिएकी थिइन् । खोजतलासका क्रममा राजवंशीलाई साइकलमा चढेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ..

केमिकल बोकेको ट्रकमा आगलागी

११ बैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो ।  केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो..

एकैदिन २७ सय घट्यो सुनको मूल्य

११ बैशाख । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको..

कतारका राजा पहिलो पटक नेपाल आउँदै

११ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व..

इन्टर मिलानले जित्यो सिरी ए को उपाधि

११ बैशाख । इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी ए को उपाधि जितेको छ । चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टर २०औं पटक लिग च्याम्पियन बनेको हो । सर्वाधिक लिग जित्नेमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ । एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट..

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा

९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि अर्काे पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत शुक्रबार विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका सुनिलविरुद्ध अख्तियारले आज (आइतबार) अर्काे भ्रष्टाचारको मुद्दा दायर गरेको हो । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । सुनिलले आम्दानीको तुलनामा अस्वभाविक सम्पत्ति आर्जन..

भारतकोे डिगलबैंक नाका जोड्ने सडक धमाधम कालोपत्र हुँदै

९ बैशाख, झापा । झापाको कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ ।..

चामलको बोराभित्र लुकाएर लागु औषध ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

९ बैशाख । चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ वनौलीका ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका–११ घर भएका ४ वर्षकै कमल अधिकारी छन् । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वैशाख ६ मा नागढुंगा चेकपोष्टबाट डाइजापाम, नोर्फिन र फेनारगन गरी ३ हजार ३०८ ट्याब्लेटसहित मुखियालाई प्रहरीले पक्राउ..

विपिन जोशीलाई सकुशल फर्काउन गम्भीरतापूर्वक कूटनीतिक पहल भईरेको प्रधानमन्त्रीको आश्वासन

९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त समेत गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर..

गृहमन्त्री लामिछाने भन्छन्- ‘उपनिर्वाचनमा पैसा बाँड्न गाउँ छिर्नेलाई निर्मम कारवाही गछौँ’

९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता कार्यकर्तालाई निर्मम कारवाही गरिने बताएका छन् । इलामको फाककफोमथुम गाउँपालिकास्थित आमोचकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारवाही गरिने बताए । उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारवाही गर्ने बताए । ‘मौन..