विशेष

नेपालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्तित्व खतरामा पर्ने भन्दै चौधरीले गरे चिन्ता
९ जेठ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिंदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले..

काभ्रेमा दम्पतीको हत्या
९ जेठ । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको..

कामीरिता ३०औँ पटक पुगे सगरमाथाको चुचुरोमा
९ जेठ । कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन्। आज बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा ३०औँ पटक आरोहण गरेका हुन्। फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासी लाक्पा शेर्पाले जानकारी दिए। योसँगै उनले यसै महिना २९औँ पटक सगरमाथाको आरोहणको कीर्तिमान तोडेका हुन्।..

कैलाश सिरोहियासँग कुनै रिसइबी छैन- प्रधानमन्त्री ‘प्रचण्ड’
९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी नरहेको बताएका छन् । आज (बुधबार) बिहान चन्द्रागिरिमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उनीसँग कुनै रिसइबी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले भने, ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी रु अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नु हुन्छ ।’..

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
९ जेठ । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोइलाली गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने ४५..

बालबालिकालाई ओलीले भने- ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ बनाऔं
९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ आफूमा सानैदेखि रहेको बताउनुभएको छ। मंगलबार गृह जिल्ला झापाको सुरुंगामा आयोजित ‘बासँग बालबालिका कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अभिभावको ओहोदा र मर्यादाबाट नभएर आफ्नै संघर्षले अघि बढेको मानिस भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘तपाईहरु जत्तिक्कै ट्यालेन्ट थिएँ भन्ने दाबी गर्दिनँ, तर मसँग आत्मविश्वास चाहिँ थियो म केही गर्न सक्छु, गर्नुपर्छ भन्ने थियो,..

युरो कपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा
९ जेठ । रोबर्टो मार्टिनेजले युरो कपका लागि पोर्चुगलको टोली घोषणा गरेका छन्। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा जर्मनीमा हुने समर टुर्नामेन्टअघि पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा पोर्टोका ४१ वर्षीय डिफेन्डर पेपेपनि समेटिएका छन्। उनको यो करिअरकै नवौँ ठूलो प्रतियोगितामा हुने छ। उनीबाहेक ब्रुनो फर्नान्डिज र डियोगो डालोटसँगै बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सासहित प्रिमियर लिगको प्रतिनिधित्व गर्दै आएका खेलाडी टोलीमा समेटिएका छन्। यद्यपि, म्यानचेस्टर सिटीका..

जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम काठमाडौंमा सुरु
९ जेठ, काठमाडौं । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आजदेखि काठमाडौंको चन्द्रागिरिमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यो कार्यक्रमलाई ‘हिमाल, मानव र जलवायु परिवर्तन- विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ नाम दिइएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, प्रदेश र..

झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
९ जेठ, झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट तीन जना र कचनकवलबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–५ का २६ वर्षीय समीर मगर र उर्लाबारी–२ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय..

फिनल्याण्डद्वरा नेपाललाई एक अर्ब ८७ करोड अनुदान सहयाेग
८ जेठ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका हुन् । गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो..