देशभरका बैंक तथा वित्तिय संस्थाहरु आईतवार देखी खुल्दै

२७ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रम रोकथामका लागि जारी लकडाउनका कारण सिमित शाखा मात्रै खोलेको बैंक तथा वित्तिय संस्थाले आइतबारदेखि देशभरका शाखा खोल्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभरका शाखाहरु खुल्ने भएको जनाइएको छ । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका..

मुलुककै उत्कृष्ट इलामका पर्यटकीय स्थलहरु सुनसान

२७ वैशाख, इलाम । मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य इलामको श्रीअन्तु र सन्दकपुरबाट सूर्याेदय अनि सूर्यास्तको दृश्य हेर्न आन्तरिक तथा वाह्य पर्यटक झुम्मिने मुख्य सिजन हो अहिले । तर श्रीअन्तु, सन्दकपुरलगायतका उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न कोही पर्यटक देखिन्छ, न त मानिसको भिडभाड छ । इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । प्राकृतिक सुन्दरता, हरियाली चियावगान र शान्त वातावरण इलामको विशेषता हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने..

कोरोना प्रभावलाई न्यूनीकरण गर्ने गरी आगामी बर्षको बजेट ल्याउछौँः अर्थमन्त्री खतिवडा

२२ वैशाख, काठमाण्डौँ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तरराष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा सङ्घीय संसद्को अर्थ समितिले आज छलफल गरेको छ..

नेपालीको प्रतिव्यक्ति आयमा बृद्धी, अर्थतन्त्रको आकार पनि बढ्यो

१८ वैशाख, काठमाण्डौँ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपण गरेको छ । कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा वृद्धिदर न्यून हुन पुगेको विभागको भनाइ छ । विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको वृद्धिदर मात्र सम्भव हुने विभागको अनुमान छ ।यस्तै नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ..

हावाहुरीका कारण हजार विघा भन्दा बढी क्षेत्रमा लागाईएको वालीमा क्षती, घरको छानो उडायो

६ बैशाख, जनकपुरधाम । गएराति आएको हावाहुरीले प्रदेश नं.२ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको बताईएको छ । कतिपयका घर भत्किनुका साथै घरको छानो पनि उडाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी कृषिमा क्षति भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभएको छ । अहिले आठवटै जिल्लाबाट वालीमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको..

एसियाको आर्थिक वृद्धिदर शून्यमा आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

४ वैशाख, काठमाडौँ । एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने सक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.) ले गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण एसियाको आर्थिक वृद्धिदर ६० वर्षयता नै पहिलोपटक शून्यमा आउने प्रक्षेपण गरिएको हो । विश्व अर्थतन्त्रको लागि निकै अन्योलपूर्ण र चुनौतीपूर्ण समय रहेको आई.एम.एफ. एसिया प्यासिफिकका निर्देशक चाङयोङ रिहीले बताएका छन् । यो अवस्थामा एशियाली मुलुकहरुको अर्थतन्त्रमा सुधारकालागि परिवार र कम्पनीहरुलाई सम्बन्धित..

महामारीका कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट उत्पन्न हुननसक्ने विश्वबैंकको प्रक्षेपण

१ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न लगाईएको लकडाउनका कारण नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुन सक्ने विश्वबैंकले अनुमान गरेको छ । विश्व बैंकले हालैमात्र दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा नेपालको भावी अर्थतन्त्र अवस्था बारे यस्तो उल्लेख गरेकको छ । कोरोना संक्रमणको अप्रत्यासित महामारीका कारण अर्थतन्त्र खस्कने अनुमान विश्व बैंकले गरेको हो ।..

निजि वन सम्बन्धी कानुन सहज बनाउन माग

२६ फाल्गुन, काठमाडौं । प्रदेश र स्थानीय तहमा पारिवारिक निजी वन मैत्री कानुन बनाउन पारिवारिक निजी वन सघंले संघले आग्रह गरेको छ । संघ, प्रदेश र स्थानिय तहमा पारिवारिक निजी वनमैत्री कानुन नहुँदा निजी जग्गामा हुकाईएका कृषि वन उत्पादनको उपभोग र बिक्री वि तरण गर्न समस्या भएको संघले जनाएको छ । पारिवारिक निजी वन हुर्काउन सरकारले दुरुत्साहित गरेको सघंका केन्द्रीय उपाध्यक्ष इन्दिराकुमारी घिमिरेले अरोप लगाउनुभयो । किसानले आफ्नो बारीमा लगाएको एउटा..

पर्यटकको रोजाईमा स्थानिय परिकार, टपरीमा ढिडो र गुन्द्रुक खान पाउदा पर्यटक मख्ख !

इस्कुसको तरुलबाट पकैडा पकाउदै पंञ्चमी बजारका स्थानिय १० माघ, झापा । नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य सहित भ्रमण बर्ष २०२० को औपचारीक शुभारम्भ गरी सकेको छ । नेपालमा रहेका पर्यटकीय क्षेत्रहरुको परिचय विश्वसामु पुर्याउदै नेपालको अर्थतन्त्रलाई थप मजवुद्ध बनाउन सरकारले भ्रमण बर्षको घोषणा गरेको हो । पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेका क्षेत्रहरु देशमा हजारौँको संख्यामा छन् । यसलाई प्रर्दद्धन र प्रचार मात्र गर्न सके नेपाली जनताको आयमा अकाम्य..

प्रधानमन्त्रीको गृहनगरमा प्रदेशकै अग्लो महादेवको प्रतिमा बन्दै

५ फाल्गुन, झापा । प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमकमा प्रदेशकै अग्लो महादेवको प्रतिमा वन्ने भएको छ । दमक ५ स्थित धनेश्वर महादेव पञ्चायन मन्दिर परिषरमा ३५ फूट अग्लो प्रदेशकै अग्लो शिवजीको प्रतिमा बन्ने भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । न्गरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले करिव ४० लाख रुपैँयाको लागतमा महादेवको प्रतिमा बनाउन लागिएको मन्दिरका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो । मन्दिरमा गत फागुन २..