नेपालीको प्रतिव्यक्ति आयमा बृद्धी, अर्थतन्त्रको आकार पनि बढ्यो

नेपालीको प्रतिव्यक्ति आयमा बृद्धी, अर्थतन्त्रको आकार पनि बढ्यो

१८ वैशाख, काठमाण्डौँ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपण गरेको छ ।
कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा वृद्धिदर न्यून हुन पुगेको विभागको भनाइ छ ।

विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको वृद्धिदर मात्र सम्भव हुने विभागको अनुमान छ ।यस्तै नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

एक व्यक्तिको बार्षिक औसत आम्दानी नेपाली १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । विभागकै अनुसार अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार २ सय ६८ रुपैयाँ थियो ।

यता चालु आर्थिक वर्ष (२०७६/७७) नेपालको अर्थतन्त्रको आकार बढेर ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । बुधबार विभागले तथ्यांक सार्वजनिक गरेको हो ।

योसँगै यो वर्ष नेपालको अर्थतन्त्र ३२ खर्ब ९ अर्बको पुग्ने अनुमान विभागले गरेको छ ।

अघिल्लो वर्षको वृद्धिदर ६.७ प्रतिशत मात्र थियो ।

विश्वव्यापी महामारी तथा यसको रोकथामका लागि अपनाइएको लकडाउनले अर्थतन्त्रका सबै क्षेत्रमा प्रहार गर्ने विभागले अनुमान गरेको छ । विभागले पर्यटन क्षेत्र बाहेक अरु छिट्टै सूचारु हुने अनुमान गरेको छ ।

अर्थतन्त्रमा २७.०७ प्रतिशत हिस्सा भएको कृषि क्षेत्रको वृद्धिदर केही सीमित हुने छ । यद्यपी कृषि क्षेत्र ऋणात्मक नहुने विभागको अनुमान छ । यो वर्ष २.४८ प्रतितले कृषि क्षेत्रमा मूल्य अभिबृद्धि हुने विभागले अनुमान गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर