इस्कुसको तरुलबाट पकैडा पकाउदै पंञ्चमी बजारका स्थानिय
१० माघ, झापा । नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य सहित भ्रमण बर्ष २०२० को औपचारीक शुभारम्भ गरी सकेको छ । नेपालमा रहेका पर्यटकीय क्षेत्रहरुको परिचय विश्वसामु पुर्याउदै नेपालको अर्थतन्त्रलाई थप मजवुद्ध बनाउन सरकारले भ्रमण बर्षको घोषणा गरेको हो । पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेका क्षेत्रहरु देशमा हजारौँको संख्यामा छन् । यसलाई प्रर्दद्धन र प्रचार मात्र गर्न सके नेपाली जनताको आयमा अकाम्य परिवर्तन हुन्छ भन्ने कुरोमा कुनै दुईमत छैन ।
भ्रमण बर्षको अवशरमा अहिले देशका धेरै ठाउँमा विभिन्न संघसंस्थाहरुले रचनात्मक कार्यक्रमको आयोजना गरिरहेका रहेका छन् । केही महिना अघि मात्रै सुदुर पुर्वि जिल्ला झापाको दमकबाट होटल ब्यवसायी संघ दमकले भ्रमण बर्ष सफल पार्न भन्दै पाँचथरको पन्चमीसम्म दुई दिने पद यात्राको आयोजना गर्यो । प्रदेश न. १ का वन तथा वातावरण मन्त्रि जगदिश कुशियतले रीवन काटेर पद यात्राको शुभारम्भ गर्नुभयो । दुई दिने पदयात्रामा खाजा र खानाको रुपमा आयोजकले सहभागि पर्यटकलाई स्थानिय उत्पादनको परिकार नै खुवायो ।
पर्यटकलाई मुख्यत खाजाको रुपमा उसिनेको तरुल, भुटेको मकै–भटमास, दहि र चिउरा, उसिनेको इस्कुुस, इस्कुसको जराको पकैडा आदीको ब्यवस्था थियो । त्यस्तै खानाको रुपमा ढिडोको भात, सिस्नुको दाल, गुन्द्रक र सिलामको अचार त्यो पनि सालको पात र भर्लाको पातबाट गासिएको टपरीमा । पर्यटकहरु मख्खै भए । कहिल्यौ नलिएको अनुभव लिन पाउदा । ‘नायाँ ठाउ–नयाँ स्वाद, आहा ! कति मज्जा ! कति रमाईलो !’ पदयात्रामा सहभागी पर्यटक काजि राउतले सुनाउनुभयो । एक दिनभरी पदयात्रा गरेका पर्यटकहरुले धेरै कुरो देखे, नयाँ कुराहरु नजिकैबाट नियाले संगै साझमा स्थानियवासीको दोहोरी र ठट्यौलीमा खुव रामाए ।
ईस्कुसको तरुलबाट बनेको पकैडा खादै आन्तरीक पर्यटकहरु
यस्तैगरी केही साता अगाडी मात्र दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा क्रियाशिल अनेरास्ववियू चुलाचुली गाउँ कमिटीले एक दिने पदयात्राको आयोजना गर्यो । झापा दमक र चुलाचुली ५ को सिमाना उत्तम चौक देखी नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश न. १ का सांसद धिरेन्द्र शर्माले रीवन काटेर उद्घाटन गर्नुभएको पदयात्रा चुलाचुली ५ को अन्धाराजा धार्मिक क्षेत्रसम्म पुगेर सकियो । त्यस पदयात्रा कार्यक्रममा पनि सहभागी पर्यटकका लागि खाजा र खानाको रुपमा स्थानिय उत्पादनका परिकारको नै व्यवस्था गरिएको थियो । खाजाको रुपमा उसिनेको घर तरुल, उसिनेको सिमली, वेलचन्डी(अमिलो) र मुलाको अचार आदीको ब्यवस्था थियो । खानाको रुपमा भने गोदोको ढिडो, गहतको दाल, गुन्द्रुकको अचार लगायतको व्यवस्था थियो । त्यसोत खानाको रुपमा धानको भात लगातको पनि व्यवस्था थियो तर पर्यटकले गोदोको डिढो नै नयाँ स्वाद भन्दै रुचाएर खाए ।
दुवै पदयात्रा कार्यक्रममा सहभागी भएका पर्यटकहरुले पर्यटकीय क्षेत्रको परिचय भनेको कुनै डाडो, मन्दिर, खोला, गुफा अथवा पोखरी मात्र नभई समग्र त्यहाँका उत्पादन, त्यहाँका जातीहरु र उनिहरुको संस्कृती, उनिहरुले खाने परिकार सवै विषहरु पर्ने प्रतिकृया दिए ।
पहाडमा पाईने भोगटेबाट बनाईएको जुश ग्लासमा सार्दै महिला